राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्मचारीलाई तालिम प्रदान गरेको छ । बैङ्कले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जनालाई तालिम प्रदान गरेको छ ।
सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्ने व्यवस्था गरिएको छ । सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको छ । कम्पनीका संस्थापक दामोदर फुयालले परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु प-यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अल्लमल्ल हुने समस्या समाधान हुने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकाले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेको छ । महासङ्घका प्रतिनिधिहरूले सोमवार नवनियुक्त मन्त्री रिजाललाई शुभकामना तथा बधाई दिन गएका बेला सो आग्रह गरेको हो । मन्त्री रिजाले निजी उद्योगी व्यवसायले राखेको सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिँदै व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने धारणा राख्नुभयो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको बेरुजु २१ करोड रुपियाँ पुगेको छ। बेरुजु घटाउनु पालिकाका लागि निकै चुनौती बन्दै गएको छ। नगरप्रमुख पुष्प बादीका अनुसार हरेक वर्ष बढ्ने बेरुजु नगरपालिकाका लागि टाउको दुखाइको विषय बनेको छ। चौरजहारी मात्रै होइन, अहिले कर्णाली प्रदेशका अधिकांश पालिका बेरुजुको चपेटामा छन्। नगरप्रमुख बादीले भन्नुभयो, “माथिबाट पर्याप्त दरबन्दी खटाइएको छैन। करारमा कर्मचारी राख्दा बेरुजु देखिन्छ।”
सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतीको मन्दिरमा सात सय पशु बलि चढाइएको छ। चैतेदशैँको अवसरमा पाँच दिनको अवधिमा मन्दिरमा बोका, भेडा र राँगा गरी सात सय पशु बलि दिइएको खैराबाङ भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व सम्हाल्नुभएको एक सय दिन पूरा भएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा चिल्ड्रेन पार्क निर्माण भएको करिब एक वर्ष पूरा हुन लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाको वडा नं. ५, इविथानमा रहेको सो पार्कमा ताला लगाइए पनि स्थानीय बालबालिकाले पार्कको द्वार नाघेर खेल्ने गरेका छन्। चिल्डे«न पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन मिल्ने स्थानीय छिन्डोमा शेर्पाले बताउनुभयो।
रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा रहेको रत्नज्योति बजारको भविष्य अन्योलमा छ। सिद्धेश्वर माध्यमिक विद्यालयको भोगाधिकार भएको जग्गामा विस्तार भएको यो बजार उठाउने वा व्यवस्थित गर्ने ठोस निर्णय हुन नसक्दा अन्योल सिर्जना भएको हो। रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको समेत केही क्षेत्रको बजार केन्द्रका रूपमा विकास भएको रत्नज्योति बजार २०६१ मा विस्तार भएको हो।
घोराही उपमहानगरपालिका–१३, शङ्खेरी निवासी आशिष बुढामगर कोइलाखानीको सुरुङभित्र काम गर्न थालेको १३ वर्षभन्दा बढी समय भइसकेको छ। पहाडका बीचमा खनिएका सुरुङको अँध्यारोभित्र पसेर हरेक दिन कोइला खन्ने र निकाल्ने काममै उहाँको दैनिकी बित्ने गरेको छ। चार सयदेखि छ सय मिटरसम्म लम्बाइ रहेका सुरुङभित्र पसेर श्रम गर्ने उहाँको दैनिकीजस्तै बनेको छ। यही पेसाबाट आएको आम्दानीले घर व्यवहार गुजारा चलाउने गरेको उहाँले बताउनुभयो। खानीभित्र पसेर कोइला खन्ने काम सहज नभए पनि दैनिक गुजारा चलाउनैका लागि जोखिमपूर्ण काम गर्नुपर्ने भएको उहाँले बताउनुभयो।
लुम्बिनी प्रदेश सभाले कानुन निर्माण गर्दा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने उद्देश्यले मोबाइल एप्लिकेसनबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमार्फत मत सर्वेक्षण गर्ने कार्यको सुरुवात गरेको छ। सबै प्रदेशवासीको धारणाको प्रतिनिधित्व होस् भन्ने उद्देश्यले मोबाइल एप्लिकेसनको माध्यमबाट लुम्बिनी प्रदेश सभाको कानुन निर्माणका क्रममा आफ्नो मत राख्न पाउने व्यवस्था मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
केही दिन मात्र बितेका थिए, उसले आफ्नी श्रीमतीलाई घरमा भिœयाएको । केही दिन भनेको केही दिन नै फेरि । दुवै हातका औँलामा गन्न सकिने दिनहरू ।
पोखराका उद्योगी/व्यवसायीले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घले पोखराद्वारा आयोजित ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा यस्तो माग गरिएको हो। ट्राफिक प्रहरीको व्यवहार, सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न विषयमा छलफल गरिएको थियो। व्यापार हुने स्थानमा व्यवस्थित पार्किङ नहुँदा व्यवसाय नै ठप्प हुने अवस्था आएको बताएका छन्। उनीहरूले व्यापार/व्यवसाय नै ठप्न हुने गरी न्युरोडलगायतका क्षेत्रको सडक खाली गराउन आग्रह गरेका छन्। पोखरा महानगरपालिकाले न्युरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरूको यो भनाइ बाहिर आएको हो। उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनु्पर्नेमा जोड दिनुभयो। उहाँले यातायात व्यवस्था कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राख्दै व्यावहारिक निर्णय गर्नुपर्ने बताउनुभयो।
डोटीको शिखर नगरपालिकाले २२५ जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा, सरसफाइका सामग्री र न्यानो लुगा वितरण गरेको छ। उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत एक दिनदेखि तीन महिनासम्मका सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण गरिएको स्वास्थ्य शाखा संयोजक हरिश शाहले बताउनुभयो। पोषणयुक्त खानेकुरा खाने र सरसफाइ गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको नगरउपप्रमुख सुनिता रावलले बताउनुभयो। “सधैँभरि सामग्री उपलब्ध गराउन नगरपालिकाको बजेटले भ्याउँदैन,” उहाँले भन्नुभयो, “कुपोषणबाट शिशुलाई जोगाउन पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने बानीको विकास होस् भनेर वार्षिक रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।”
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् ।