नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरुबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्ने गरी सुझाव कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
बजारमा चिनीको अभाव भएसँगै नेपालको तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आउने सार्वजनिक यातायातका साधनको माध्यमबाट अबैध रुपमा काठमाडौं चिनी भित्रिनेगरेको पाइएको छ ।
राष्ट्रिय सभा बैठकमा चालु अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ । बिहीबारको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हो ।
बाँकेको नेपालगन्जबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो ।
शिक्षक अनुमतिपत्रको परीक्षा दिने हुम्लाका परीक्षार्थीहरु हवाइटिकट नपाएपछि जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएका छन् । कात्तिक १८ गते शनिबार हुन गइरहेको परीक्षा आउन दुई दिन बाँकी रहँदा पनि टिकट नपाएर परीक्षा छुट्ने देखेर टिकट ब्यवस्थाका लागि डेलिगेशन गएका हुन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै सम्भव हुने बताउनुभएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
कक्षा सातमा अध्यनरत धनुषाको कमला नगरपालिकाकी १४ वर्षीय किशोरी सरिता कुमारी यादव मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नु भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आफ्नो पालिका भित्र करको दायरा बढाउँदै लैजाने उद्देश्यले व्यावसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नम्बर १ र २ को वारपाकमा बुधबारदेखि शिविर सञ्चालनमा ल्याइएको हो ।
शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशंकरमा अवस्थित च्छोरोल्पा हिमताल घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि आएको छ ।