नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैङ्कले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेसाकै रूपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणका लागि कोरियाली सरकारलाई आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ ।
गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो ।
नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको बिहीबार बसेको ११५ औँ बैठकले २०८० को षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई दिने निर्णय गरेको छ ।
राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।
चाडपर्वको समयमा सीमा तस्करी बढ्दै गएको घटनाक्रमले देखाएका छन् । दसैँको बेला बर्दिबासस्थित पूर्वपश्चिम लोकमार्गबाट ६० लाख मूल्य बराबरको कपडा बरामद भएको थियो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि आज (बिहीबार) बाट स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
लोकवार्ता परिषद् नेपालले पर्वत, बागलुङ र म्याग्दीमा १२ औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गर्ने भएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिति तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो ।
आँखै अगाडि चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरिपरि रमणीय डाँडापाखा अनि सुन्दर ग्रामीण वस्ती । यो हो बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।