राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।
काठमाडौँको गोठाटारमा एक राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँ-३ गोठाटारमा लागू औषधको कारोबार भईरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।
यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ ।
नेकपा (एमाले)ले हिन्दुको महान् चाड बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापन सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मङ्गलबार भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर तोकेको छ ।
भ्रमण भिसामा विदेश जान लागेका माथि शङ्का लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो ।
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब पाँच करोडको लगानीमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो ।
सर्वोच्च अदालतमा योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गर्नुभएको थिएन ।
अन्नपूर्ण बेस क्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि त्यहाँ जानुभएका असइ टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो ।