• ११ मंसिर २०८१, मङ्गलबार

सर्वोच्चमा रिगलविरुद्धको मुद्दामा सुनुवाइ जारी

blog

काठमाडौं, कात्तिक १५ गते । सर्वोच्च अदालतमा योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।

मङ्गलबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको हो ।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गर्नुभएको थियो ।

रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफस् पाएपछि चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिनुभएको हो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु हुने भनिए पनि हेर्न नमिल्ने भएपछि मुद्दा मङ्गलबारका लागि सुनुवाइ तोकिएको थियो ।