शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १५ गते । अन्नपूर्ण बेस क्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि त्यहाँ जानुभएका असइ टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो ।
बुधबार बिहान श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन थापाले ढुंगानाको मृत्यु भएको जानकारी दिनुभयो ।
मंगलबार त्यहाँबाट फर्किनुभएका ढुंगाना माछापुच्छरे गाउँपालिका ११ का वडाध्यक्षको हिमालय भन्ने ठाउँमा रहेको घरमा बास बस्नुभएको थियो । कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुग्नुभएका उहाँ घान्द्रुक चौकीका इन्चार्ज हुनुहुन्थ्यो । उहाँको घर पर्वत हो ।