जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा तम्घासमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खदैँ दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।
जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । सडक यातायातको पहुँचसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि वढाएको जानकारी दिएको छ ।
मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजरायली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ ।
कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा हुनुहुन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गर्नुभएको छ ।
सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०र८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै भत्किन थालेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बनेकाले भत्किन थालेको हो । प्रयोगमा नआउँदै भत्किन थाले पनि संरक्षणको लागि ध्यान पुगेको छैन ।
वास्तवमा कथाको प्रारम्भ पनि यहीँबाट हुन्छ अर्थात् एउटा निरीह सुगालाई जालोमा फसाएर पिँजरामा थुनेको दिनदेखि नै यसको आरम्भ भएको भन्दा हुन्छ । यो पनि सत्य हो, उनी सुगा भनेर साक्षात् सुगा चाहिँ होइनन्, यद्यपि उनलाई त्यस रूपमा व्याख्या गर्दा अति हुने छैन ।
स्याङ्जाको चापाकोट ७ मा श्रीमानले बन्चरो प्रयोग गरेर श्रीमतीको हत्या गरेका छन् । यहाँको खासा बस्ने ५० वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई हत्या गरेको घाँटीमा बन्चरो प्रहार गरेर हत्या गरेका हुन ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।