• ११ मंसिर २०८१, मङ्गलबार

भरतपुर भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने तयारी

blog

पत्रकार सम्मेलनमा भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, कात्तिक १५ गते । चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि बढाएको जानकारी दिएको छ ।

भ्रमण वर्ष मनाउने सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख रेनु दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको बताउनुभयो । देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने बताउनुभयो ।

‘‘पुस १५ गते भव्य रुपमा उद्घाटन गरेर भ्रमण वर्षको सुरुवात गर्नेछौं,’’ उहाले भन्नुभयो, ‘‘पर्यटन वर्षका लागि महानगरपालिकाले छ करोड रुपियाँ विनियोजन गरी काम गरेको जानकारी दिनुभयो ।’’ महानगरपालिका भित्र मात्रै ३१ वटा पर्यटकीय केन्द्र रहेकाले यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन र नयाँ स्थानको अनुभव लिने उहाँले बताउनुभयो ।

चितवन निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बङ्गलालगायत महानगरको प्रमुख पर्यटकीय क्षेत्र हुन् । मेघौली गोलाघाटको सूर्यास्तसहित विभिन्न दर्जनौं स्थानमा स्वदेशी विदेशी पर्यटक भित्र्याउने गरी तयारी भएको उहाँको भनाइ छ ।

उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार रानाले बाँकी रहेको दुई महिनालाई धेरै उपयोग गरेर तयारीलाई पूरा गर्ने जानकारी दिनुभयो ।