• २६ जेठ २०८२, सोमबार

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

blog

काठमाडौँ, जेठ २६ गते । सङ्घीय संसदअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने ।

त्यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै, दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ ।