• ८ मंसिर २०८१, शनिबार

जित–हार (कथा)

blog

वास्तवमा कथाको प्रारम्भ पनि यहीँबाट हुन्छ अर्थात् एउटा निरीह सुगालाई जालोमा फसाएर पिँजरामा थुनेको दिनदेखि नै यसको आरम्भ भएको भन्दा हुन्छ । यो पनि सत्य हो, उनी सुगा भनेर साक्षात् सुगा चाहिँ होइनन्, यद्यपि उनलाई त्यस रूपमा व्याख्या गर्दा अति हुने छैन ।

सुगा समाउने व्याधाहरूले धेरै सुगा फसाइसका छन् र त्यसलाई गोपीकृष्ण कहो, राधेश्याम कहो यस्तै, यस्तै थुप्रै थुप्रै कुरा रटाइसकेका छन् । रटाउनेले कति जित्यो र सिक्नेले कति हा-यो । के हामीले यसतर्फ बहस चलाएका छौँ ? छैनौँ । म त्यही बहसको प्रारम्भ गर्दै छु ।

उनी सुगा होइनन् । उनी सुगा जस्तै स्वतन्त्रपूर्वक जङ्गलमा रमाइरहने एउटी सुन्दर युवती हुन् । जङ्गलको रनवनमा आफ्नो यौवनास्थालाई फक्रएर आनन्दमा रमाउने परी हुन् । जङ्गलको संसारमा आदिम संस्कार अभिवृद्धिका लागि तल्लीन र त्यही गौरवमा समाहित उनी वनचरी हुन् । जहाँको परम्परालाई सम्भवतः उनले आफ्नो स्वाभिमानको गौरव बनाएकी छिन् ।

सुदूरपश्चिमको डोटी जिल्लाको त्योे घना जङ्गल साँचै भनौँ उनको सार्वभौम देश थियो । जुन देशलाई कुनै लिखित संविधान या भनाँै कानुनले बाँधेको थिएन । आफ्नै परम्परा र संस्कारका अलिखित बन्देजलाई उनीहरूले एउटा लिखित संविधानको पालना अनुरूप अगाडि बढाइरहेका थिए । हो त्यही परम्पराको पूरापूर पालकमध्येका उनी एक पात्र थिइन् । 

त्यस परम्पराप्रतिको त्यस विश्वासलाई उनको मानसपटलबाट मेटाएर त्यहाँ कुुनै पाठलाई लिपिबद्ध गर्नु एक अर्थमा घृष्ठता नै थियो । त्यसलाई कति हदसम्म जायज ठह-याउने या विजयको ध्योतक ठान्नेबारे अहिले नै व्यक्त गरिहाल्नुपर्ने अवस्था पनि छैन । तर भविष्यले अवश्य पनि त्यसको जवाफ नदिई छाड्ने छैन । भविष्यको त्यही निर्णायक घडीको पर्खाइका लागि पनि त्यो पिँजराको सुगाको व्यथातर्फ ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । त्यसैले भन्छु– कथाको प्रारम्भ यहीँबाट हुन्छ । 

एउटा जघन्य अपराध गरेर जोशीजीले (अर्थात् दलराज जोशीले) के कति महानता कमाउनुभयो, त्यो हठात पुष्टि हुन सक्तैन । तथापि उनको त्यस योजनामा उदारता अन्तर्निहित रहेको चाहिँ यथार्थ हो । तर एउटा व्यक्तिको सोचबाट उत्पन्न उदारता अर्को पक्षका लागि सोही रूपमा परिभाषित हुन सक्तैन । त्यो ज्यादतीका रूपमा पनि प्रस्तुत हुन सक्छ– व्रmुरता । ठिक त्यस्तै छ कथाको भावनात्मक पक्ष । 

जोशीजीले कुनै सभ्य (जसलाई हामी सहरी रहनसहनमा बस्न अनिवार्य ठान्दछौँ) युवती नै नपाएर जङ्गलमा रमाइरहेकी त्यस राउटे युवतीलाई षडयन्त्रपूर्वक जबर्जस्ती फसाएर ल्याएका होइनन् । झट्ट हेर्दा त्यस्तो देखिए पनि वास्तवमा त्यसमा एउटा नेक उद्देश्य राखेर उनलाई राउट्याबाट (यहाँ उनलाई भनेर सम्बोधन गर्नुको कारण उनको कुनै नाम नभएर पनि हो) अपहरण गरिएको थियो । जसमा उनलाई समाजमा घुलमिल गराई सभ्य बनाउने उद्देश्य रहेको थियो । जून कार्य निकै कठिन हो भन्ने कुरा सम्भवतः उसले त्यतिबेला महसुस गरेका पनि थिएनन् ।

जोशीजीको यस कार्यलाई सहरीया हाम्रो समाजका नजरबाट हेर्दा निश्चय पनि नेक र उदार अथवा महान् कार्य पनि ठह¥याउन सक्दछौँ तर यो सत्यलाई राउट्या समाजले किमार्थ उदार अथवा नेक जे भनाँै मान्न सक्तैन । उनीहरूले त्यसलाई छलकपट या अपराधजन्य नियतको पराकाष्ठा र अक्षम्य ठह-याउन सक्तछ र ठह-याएको पनि छ । एउटा समाजको नजरमा क्षम्य कुरा अर्को समाजको नजरमा अक्षम्य कहलिएको कुरा कसरी उदार हुन सक्छ ? यस कुराको निक्र्योल कसरी हुन सक्छ ? 

एउटा कुरा नढाँटी भन्ने हो भने उनको सिँगारपटारबाट बेग्लै पहिचान भएको छ । रङ्गीविरङ्गी लुगाहरू हातमा चुरा अनि पोते र सिन्दुर, त्यसमा गरगहनाबाट उनको सुन्दरताले राउटे पहिचानलाई नै विस्र्याइदिएको छ । उनी एकदमै लोभलाग्दी देखिएकी थिइन् । एउटा अपराध गर्ने नियति उद्वेलित भएर आउँछ– मनमा । जोशीजीले जङ्गलमा हुर्किएकी एउटी युवती यतिसम्म सुन्दर हुन सक्छिन् भन्ने कुरा सोचेको पनि थिएनन् । तर बेहुुली बनाएपछि उसलाई सम्भवतः अपराधप्रति पछुतो भएन । उनी प्रफुल्ल देखिएका थिए र महान् विजय । प्राप्तिको बोध महसुस गरिरहेका थिए । के त्यो सही अर्थमा विजय थियो ?

सहरको सभ्यता अर्थात् बेहुली आभूषणले उनलाई पोलिरहेको थियो । उनी त्यसबाट यति जकडिएकी थिइन् मानौँ, कुनै मुसलन्ड मानिसको अँगालोमा बलात् कस्सिएकी छिन् । त्यसबाट फुत्कन अनेक प्रयास बाबजुद उनी असफल भइरहेकी थिइन् । एउटा सिङ्गो कपडाले जिउलाई बेरेर राउटे सम्यतामा रमाइरहेकी सुगाले के पाठ पढ्लिन् ! यो जिज्ञासाको जवाफ केही दिनमा पाइएला नै ? 

एक पटक कोठाबाट उम्किन पाइन् भने निश्चित रूपमा उनी त्यहाँबाट जङ्गलको रनवनमा रमाउने थिइन् । यही विश्वासका कारण पनि जोशीले उनलाई कोठामा बन्धक बनाएर राखेका थिए– एउटी बेहुलीका रूपमा । सम्भवतः सुहागरातको परम्परालाई पनि उसले त्यही कोठामा पालना गर्ने छ । व्यक्तिवादले विवाहलाई संस्कार र परम्परागत मान्यतामा त राखेको छैन ? या व्यक्तिवादलाई हेर्ने हाम्रो सोच नै त्यस्तो हो । होइन भने बलात् र अमानवीय तरिकाबाट गरिएको त्यस अपराधलाई कसरी नेक र संस्कारजन्य ठानियो ? सायद त्यसरी कोठामा गरिने सुहागरातलाई त्यसले जायज मान्ला । तर के त्यसलाई स्वीकृतपूर्वक सुहागरात मान्न सकिन्छ ? होइन भने त्यसलाई बलत्कार किन नमान्ने ? यसलाई उनको विश्वासविरुद्ध गरिएको ज्यादती मान्न पनि सकिन्छ ।

त्यस रात उनलाई पाठ पढाउने पहिलो अध्यायको कामम जोशीले गरे । कस्सिएको चोलो र साडीलाई एक–एक गरेर खोलेपछि उनलाई सकसबाट मुक्त मात्र गरेनन्, उनको सत्वसमेतलाई लुटेर आफूलाई एउटा क्रुरताका रूपमा प्रस्तुत गरे जोशीले । सायद बलत्कारको पीडालाई सहन नसकेर होला या जङ्गलको रनवनमा रमाउने एउटी अवलाको सत्व लुटेको पीडाका कारण उनले त्यसरात भनौँ पूरा रात रोएर बिताइन् । उनको यस क्रन्दनको सुनवाइ हुने अवस्था गाउँका कसैबाट भएन । बरु त्यसलाई एउटा उत्सव ठानेर उनीहरूले रातभरको समय भोजभतेरमा बिताए । उनको क्रन्दनको भेउ त्यस जङ्गलमा रहेका राउटेले पाएको भए सम्भवतः उनीहरू सहरी सभ्यताले जन्माएको कथित मानववाद विरुद्ध सङ्घर्ष गर्ने थिए । तर यसको सम्भावना देखिएन । भोजभतेर र नाचगानको साम्राज्यले उनको व्रmन्दनका आवाजलाई राउट्यासम्म पुग्न दिएन । त्यो चित्कार त्यही कोठामा कैद भयो । तथापि पनि जित र हारको खेल एउटा निर्णायक अवस्थामा पुग्न सकेको थिएन । यद्यपि यस खेलबाट जोशी सन्तुष्ट देखिएका थिए भने उनी पराजयलाई स्वीकार गर्ने अवस्थामा पुगेकी थिइनन् । उनका अश्रुधार र डाकोका क्रन्दनपूर्ण अभिव्यक्तिले उनी निरीह मात्र देखिएकी थिइन् । हारको लक्षणलाई उनले रत्तिभर पनि प्रस्तुत गरेकी थिइनन् । त्यसले होला उनी कोठाको प्वालबाट चियाएर आफ्नो स्वाभिमान रक्षार्थ कुनै उपायको खोजीमा थिइन्– विचरा उनी ।

जोशीजी बल्ल आफ्नो धरातलमा आइपुुगेका छन् । सम्पूर्ण विजयका लागि जति परिश्रम गरे पनि ऊ पूर्णतः सन्तुष्ट हुन सकेनन् । उनले बलात् सुहागरात मनाए पनि सोचे अनुरूप परिस्थितिलाई आफ्नो अभियानमा समाहित गर्न सकेका थिएनन् । आखिर बलात् विवाह विजयको संस्कारयुक्त आधार हुन सक्दैन रहेछ । 

उनले आफ्नो सत्व बचाउन अनेक प्रयास बाबजुद उनी सफल भइनन् । उनको परम्परागत भेषभूषालाई च्यातच्युत पारेर त्यस आवरणमा उनलाई बेहुली पहिरनमा सजाउन उनीहरू सफल भए पनि एउटा कुरामा भने सफलता पाउन सकेनन् । त्यो हो– उनको खानपानको कुुरा । अनेक प्रयास बाबजुद उनलाई कुनै पनि कुरा खुवाउन सकेका थिएनन् । यही गर्न नसकेकामा जोशीजीलाई पछुताउ भएको छ र सायद पूर्ण विजयको आत्मसन्तुष्टि लिइरहेका छैनन् । 

करिब एक सातादेखि आहार नलिएका कारण उनी नातागत भइसकेकी थिइन् । उनी निकै गलेकी जस्ती देखिइन् । उनी केवल सुस्ताएर सास फेरिरहेको एउटा मुर्दातुल्य पिँजरा भएकी थिइन् । उनले जोशीले पढाउन खोजेको पाठ पढिनन् र लम्पसार परेर बलात् विवाहलाई विजयी ठान्ने पुरुष जातिलाई चुनौती दिँदै पहि-याइएका सम्पूर्ण वस्त्रलाई उघारेर नग्नतापूर्वक बसेकी छिन् । यो परिस्थितिमा जोशी उनको बन्द ढोका खोल्न सकिरहेका थिएनन् । सायद त्यस्तो गरेको अवस्थामा ऊ बदनाम हुन सक्थ्यो । एउटा दुस्साहसपूर्ण कार्य गरेकामा उसलाई असफलका पगरी लगाउन पनि सकिन्थ्यो । उसले आफ्नो बदनाम ढाकछोप गर्नका लागि पनि उनलाई कैद गरिरहेका थिए । कस्तो विवाह र कस्तो सुहागरात ? यो हुँदा पनि मनमा भय लिनुपर्ने ? 

यो कथाको एउटा पक्षबाट हेर्दा जोशीलाई क्रुर भन्न सकिन्छ तर अर्को पक्षबाट हेर्दा उनको मनशाय खराब देखिन्न । उनले जे गरे पनि त्यसमा असल नियत लुकेको थियो । 

त्यसैले उसलाई उनीप्रति दया नआएको पनि होइन । केवल अपराध भयका कारण ऊ दोषी देखिनका लागि तयार रहेको देखिन्छ । उसले एउटी राउटे केटीलाई अपहरण गरेर विवाह गर्नुको अन्तर्निहित उद्देश्य महानतम किन न ठहरियोस् र पनि ऊ आफ्नै उदार लक्ष्यका सामु लज्जित देखिएको छ ।

पिँजराको सुगालाई जुन उद्देश्यले त्यहाँ ल्याइयो अन्ततः त्यो सफल हुन सकेन । त्यसले कुनै पाठ पढेन, कुनै संस्कार र सभ्यतालाई वरण गरेन । उसले पिँजराबाट निर्वाध रूपमा जसरी उड्न पाउनु पर्दथ्यो वा पाउँथ्यो त्यो पनि हुन सकेन । अन्ततः उनले देह त्याग गरिन्, मृत्युलाई वरण गरिन् । मृत्यु अव्यक्त हुन्छ या हुँदैन ? हुन्छ भने केही भन्नु छैन । यदि हुुँदैन भने त्यसको जवाफ अवश्य पनि जोशीजीसँग हुनु पर्दछ । यहाँनेर आएर कथा समाप्त हुन्छ । तर यो कथा विजयी राउटे युवतीको हो या पराजित जोशीको अथवा पराजित राउटे युवतीको या विजयी जोशीको ? बहस आवश्यक छ ।