नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताउनुभएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।
नवलपुरको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरैथोरै सुन्तला लगाउनेगरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभामा आज (मङ्गलबार) तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् ।
लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् ।
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका –३ मदनचोकबाट दिउँसो नगद रकमसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा भएको छ ।
अक्टोबर ७ यता इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरायलले बताएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
“राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ ।