काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताउनुभएको छ । आइतबार महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले लोकतन्त्र र कानुनी शासनको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेकाले निर्वाचनपछि पनि गठबन्धनले निरन्तरता पाउने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी कार्यलयहरुमा अझै पनि नागरिक मैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
काठमाडौं, भदौ १९ गते । गायक एवं सर्जक कमल खनालले नयाँ गीति कहानी सार्वजनिक गर्नुभएको छ । बालगायक-गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको स्वरमा उहाँले ‘बाकस’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । खनाल स्वयंमको शब्द एवं सङ्गीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गर्नुभएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका खनालले सार्वजनिक गर्नुभएको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको हो । विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरूसमेत गीतको भिडियोमा समेटिएको छ । भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गर्नुभएको हो । भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्वय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गर्नुभएको छ । दिनेश विष्टको छायाङ्कन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गर्नुभएको हो । यसअघि उहाँले स्वर भर्नुभएका ‘डाली पलायो’, ‘छुट्टिने दिन आयो’, ‘न्याउली रुँदा यो मन रुन्छ नि’, ‘भेटौँला अवश्य’ लगायतका गीतहरूले चर्चा पाएका छन् ।
गुल्मी जिल्लामा डेङगुका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेका छन् । जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा पाँच जना, रेसुङगा नगरपालिकामा छ जना सङ्क्रमित हुनुभएकाे छ । यस्तै, मुसिकोट नगरपालिकामा एक, इश्मामा तीन, मालिकामा एक, गुल्मीदरबारमा एक, मदानेमा एक, कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरुमा परीक्षण गर्दा चार जना गरी १२३ जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी एस्टन भिल्लासँग उसैको मैदानमा १–१ गोलको बारबरीमा रोकिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ ।
काठमाडौं, भदौ १९ गते । लोकदोहोरी गायक अमृत भारतीको शब्द तथा सङ्गीतमा छानू (मेलोबाबा-२) गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'भारती पिक्चर्स' युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।गीतमा रामकुमार नेपाली र शान्तिश्री परियारको स्वर रहेको छ । गीतको भिडियोमा सागर लम्साल अर्थात् ‘बले’, गीता ढुङ्गाना र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । यस्तै, गीत सङ्गीत संयोजन केशव बडुले गर्नुभएको छ चने भिडियो प्रकाश भट्टले निर्देशन गर्नुभएको हो ।
आउँदो मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) बागलुङले चार निर्वाचन क्षेत्रबाट १६ जना उम्मेदवारका आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठकले २ क्षेत्रको प्रत्यक्षतर्फ ४ प्रदेश सभा सदस्यको लागि १६ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको नेकपा (एमाले) जिल्ला कमिटी, बागलुङका सचिव विष्णु भुसालले बताउनुभयो ।
नेपाली कांग्रेस बाजुराले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन उम्मेदवारका लागि सात जनाको नाम सङ्कलन गरी प्रेदश कमिटीमा पठाएको छ । नेपाली काँग्रेस जिल्ला कमिटी, बाजुराले प्रतिनिधिसभा सदस्यका लागि दुई पुरुष र एक जना महिला गरी तीन जना भए पनि सहमति नभएपछि सात जनाको नाम सङ्कलन गरी प्रदेशमा पठाइएको हो ।
जिल्लामा यस वर्ष आलु राम्रो उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु धेरै फलेको हो । जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै आलु खेती गर्ने गरेका छन् । यहाँका किसानको बर्खायामको मुख्य बाली उत्पादन मकै, आलु र सिमी रहेको छ ।
भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे आज (आइतबार) नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाँडे आज अपराह्न नेपाल आउन लाग्नुभएको हो ।
स्पेनिस पावर हाउस रियल म्याड्रिड र बार्सिलोनाले ला लिगामा जित निकालेका छन् । घरेल मैदानमा शनिबार राति भएको खेलमा साविक विजेता रियल म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हरायो । अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ ।