• २८ वैशाख २०८१, शुक्रबार

भारतीय सेनाध्यक्ष पाँडे आज नेपाल आउनुहुँदै

blog

काठमाडौं, भदौ १९ गते । भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे आज (आइतबार) नेपाल आउँदै हुनुहुन्छ ।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाँडे आज अपराह्न नेपाल आउन लाग्नुभएको हो ।

पाँच दिने नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवम् छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाँडेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।