• २८ असार २०८२, शनिबार

एनआरएनए अस्ट्रेलियाको निर्वाचन : उम्मेदवारी नदिने स्वतन्त्र सामाजिक अभियन्ता रायमाझीको घोषणा

blog

स्वतन्त्र सामाजिक अभियन्ता तथा सञ्चारकर्मी केदार रायमाझी

काठमाडौँ, असार २८ गते । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको नयाँ कार्यकालका लागि हुने निर्वाचानमा स्वतन्त्र सामाजिक अभियन्ता तथा सञ्चारकर्मी केदार रायमाझी (जीवन)ले सदस्य पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । एनआरएनए अस्ट्रेलियाको २०२५–०२७ कार्यकालका लागि यही जुलाई २६ तारिक शनिबार निर्वाचन हुँदैछ ।

सल्लाहकारहरुसँगको छलफल र विमर्शपश्चात् सामाजिक अभियान्ता रायमाझीले नयाँका कार्यकालका लागि यस पटक सदस्य पदमा उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिनुभयो ।

एनआरएनए निर्वाचनमा उम्मेदवारी नदिएपनि अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायप्रति समर्पण, प्रतिबद्धता र सेवाभाव निरन्तर रहने उहाँको भनाइ छ । उहाँले स्वतन्त्र सामाजिक सेवा र पत्रकारितामार्फत नेपाली समुदायको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।