अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सकारात्मक ढङ्गले अगाडि बढेको बताउनुुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएकाले अर्थतन्त्र सबल र सुधार हुँदै गएको बताउनुभयो । “सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुने अवस्था आउने थियो । सरकारले बेलैमा होसियारी अपनाएका कारण मुलुक सङ्कटबाट जोगियो,” अर्थमन्त्री शर्माले भन्नुभयो ।
जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका ८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष जुम्लामा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गर्नुभयो । अहिले जुम्लाको स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरी चौकी र जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ ।
सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमदेखि जेठसम्म र असोजदेखि
म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन । पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ । यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस नेतृत्वको सरकारले आगामी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइसकेको बताउनुुभएको छ । सङ्घीय तथा प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादी चिकित्सकको भूमिका विषयमा शनिबार आयोजित अन्तक्र्रियामा प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य सेवालाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्नेगरी अघि बढाउन आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्व सरकार आवश्यक भएको बताउनुभयो ।
मिटरब्याजीपीडितको समस्याको गाँठो निकै बल्झिएको पाइएको छ । मिटरब्याजीपीडितको समस्या समाधानको उपाय सुझाउन गृह मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलले स्थलगत अध्ययन गर्दा यस्तो अनुभव गरेको हो । कार्यदलका संयोजक डा. भीष्मकुमार भुसाल नेतृत्वको छ सदस्यीय टोलीले मधेश प्रदेशका पाँच जिल्ला, प्रदेश १ को मोरङ, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीलगायत सात स्थानको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयारीमा जुटेको छ ।
आबाल ब्रह्मचारी षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गरिएको छ। उहाँले १८९२ सालमा भोजपुरको दिङ्लामा जन्मेर राणाकालीन समयमा (१९३२ साल)मा शिक्षाको ज्योति फैलाउन पाठशाला स्थापना गर्नुभएको थियो। उहाँले नेपालमा नै जनस्तरमा पहिलो विद्यालय खोली त्यसको सञ्चालनका लागि स्थायी आम्दानीका लागि गुठीसमेतको स्थापना गरी उल्लेखनीय योगदान गर्नुभएको थियो।
सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।”
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस ओखलढुङ्गाले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
च्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा
रुपन्देही, भदौ १८ गतेल । गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताउनुभएको छ। उहाँले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो। श्रीराम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा शनिबार उहाँले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रूपमा नेपाल अघि बढिरहेको बताउनुभयो। नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उहाँले नेपाल र भारतको भाषा, वेशभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गर्नुभयो। गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रूपमा स्थापित गरेको बताउनुभयो। गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उहाँले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गर्नुभयो।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्त्वपूर्ण भएको बताउनुभयो। भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उहाँले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबिचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले यहाँका अग्रजको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताउनुभयो।रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत श्री वास्तवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो। रासस
साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।
नागढुङ्गास्थित चेक प्वाइन्टमा श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकमात्र नाम सर्वसम्मत सिफारिस भएको छ।