पहेँलीलाई पनि आफ्नो जन्मदिन मनाउन मन लाग्यो । हिजो छिमेकी पेमाको जन्मदिन थियो । अस्ति अनुपको । त्योभन्दा अघिल्लो दिन जुनेलीको । पेमा, अनुप र जुनेलीको जन्मदिनमा आमासँगै पहेँली पनि गएर मीठा–मीठा खानेकुरा खाएकी थिइन् । उनीहरू सबैको जन्मदिनमा केक काटेर मीठो–मीठो खानेकुरा बाँडिएको थियो । पहेँलीले पनि आफ्नो जन्मदिन भव्य गरी मनाउने निधो त गरी तर आमाबाबालाई कसरी भन्ने सङ्कट परिरहेको थियो । अरूको देखासिखी गरेर आफू अगाडि बढ्नु आफैँका लागि हानिकारक हो भन्दै पहेँलीका बाबुआमाले छोरीलाई बारम्बार सम्झाए तर पहेँली मानिनन् । जन्मदिन नजिकिँदै थियो । पेमाले खाना खानै छाडिन् । स्कुल पनि जान छाडिन् अन्ततः केही सीप नलागेपछि छोरीको इच्छा पु-याइदिन पहेँलीका बाबुआमाले घरमा सहरबाट मीठा–मीठा खानेकुरा मगाए । साथमा सेता र काला केक पनि मगाए । पहेँलीको घरमा उनको जन्मदिनको भव्य तयारी भयो । मीठा–मीठा खानेकुरा तयार भए । पहेँलीले झिलिमिली कपडा पहिरिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको हनुमान ढोका दरबार स्क्वास क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गर्नुभएको छ । सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
गाउँगाउँमा सिंहदरबार आउने हो भने गाउँघरमा किन प्रज्ञा प्रतिष्ठान नआउने ? किन त्रिभुवन विश्वविद्यालय नआउने ? किन वीर अस्पताल नआउने ? किन रेडियो नेपाल नआउने ? किन नेपाल टेलिभिजन नआउने ? अनि सर्वोच्च अदालत किन नआउने आदि इत्यादि नारा उरालेर गरिएको अर्मले गाउँको आन्दोलन निकै लामो सङ्घर्षपछि सफल भएको छ । परिणाम स्वरूप यस गाउँमा पनि केही प्रतिष्ठानहरू, केही अस्पतालहरू, केही विश्वविद्यालय केही अदालतहरू खोल्ने कुरा चलिरहेकोमा गोलमेच सम्मेलन गरेपछि सबैभन्दा पहिले प्रज्ञा प्रतिष्ठान नै खोल्ने सबैको सहमति भयो । अदालत खोल्ने हो भने फेरि प्रधानन्यायाधीशको लफडा चल्ला । विश्ववि
निरन्तर परेको वर्षाका कारण जुरे पहिरोले अरनिको राजमार्गको जुरे खण्ड दिनहुँ अवरुद्ध हुन थालेको छ । उक्त सडक दिनहुँ अवरुद्ध हुदैं आएको बलेफी गाउँपालिका–८ वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । अवरुद्ध जुरे खण्ड डोजरको माध्यमले पहिरो पन्छाएर खुलाउदैं आएको उहाँले बताउनु भयो ।
एलोपेथिक औषधि पसलमा नियमविपरीत आयुर्वेदिक औषधि बिक्री भइरहेका कारण आयुर्वेदिक औषधि विक्रेता मारमा परेका छन्। बिनाअनुमति जिल्लाका अधिकांश औषधि पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण भइरहे पनि नियन्त्रण गर्ने निकाय उदासीन रहेको छ। जिल्लाका विभिन्न ठाउँमा आयुर्वेदिक पसल सञ्चालन गर्दै आइरहेका विक्रेताको बिक्री एकदमै न्यून भएको नेपाल आयुर्वेदिक स्वास्थ्यकर्मी समाज रौतहटले जनाएको छ। जिल्लाका कतिपय ठाउ“बाट आयुर्वेदिक औषधि विक्रेता व्यवसाय छाडेर विस्थापित हुनपुगेको समाजका सरोज झाले बताउनुभयो। उहाँले औषधि व्यवस्था विभागका कर्मचारीका चरम लापरवाहीका कारण आयुर्वेदिक औषधि विक्रेता दिनानुदिन विस्थापित हुँदै गएको गुनासो गर्नुभयो। लामो समयदेखि आयुर्वेदमा अध्ययन गरी औषधि व्यवस्था विभागबाट पसल सञ्चालनको लागि अनुमति लिए पनि अवैध बिक्रीका कारण अन्य पेसामा लागेको गौतम झाले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा राहदानी बनाउन वा नवीकरण गराउन छ महिना लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। राहदानीको लागि जिल्ला प्रशासन कार्यालयको परिसरभित्र हप्ताको चार दिन लाइनमै भेटिने राजविराज–६ का अभिषेक गुप्ताले भन्नुभयो, “मैले आवश्यक कागजातसहितको फाइल जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा पेस गरेको छ महिनाभन्दा बढी भइसक्यो। हप्तैपिच्छे खोजी गर्दा तपाईंको आएको छैन भन्छन्।”
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सूचना प्रविधिको प्रयोग गरेर कन्सुलर सेवा अब पालिकास्तरमा विस्तार गरिने बताउनुभएको छ। उहाँले वैदेशिक रोजगार र अन्य कतिपय कामको सिलसिलामा सानो कामका लागि पनि ठूलो खर्च गरेर मन्त्रालयसम्म धाउनुपर्ने विद्यमान परिस्थितिको अन्त्य गर्दै मन्त्रालयले स्थानीय तहहरूबाट नै कन्सुलर सेवा प्रवाहमा सहकार्य गर्न थालेको बताउनुभएको हो।
कपिलवस्तु नगरपालिका–६, निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले आवतजावतमा सास्ती खेप्नुपरेको छ। झन्डै चार वर्ष पहिला खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीय बताउँछन्। ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि थोरै काम गरेर अलपत्र पारेको हो। सडक सम्याउन र नाली बनाउन खाल्डो खनेको तीन वर्ष हुन लाग्दा पनि थप निर्माण कार्य सुरु हुने अवस्था छैन। खनिएको गहिरो खाल्डोमा बालबच्चा डुब्ने डर त्यत्तिकै छ, स्थानीय विष्णु कलवारले भन्नुभयो– सडक बनाउने भनेर घरको छत भत्काइदिए, अहिले अलपत्र पा-यो।
पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो ।
लमजुङका गुरुङ समुदायले आफ्नो संस्कार र संस्कृतिमाथि हस्तक्षेप नहुने गरी शान्तिसुरक्षा प्रदान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। बेँसीसहरमा आयोजित जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमललाई स्वागत तथा सम्मान गर्दै सो समुदायले यस्तो आग्रह गरेको हो। लमजुङमा गुरुङ समुदायको बाहुल्य रहेको र गुरुङ जातिको आफ्नै परम्परा, संस्कृति तथा चालचलन रहेकाले यसलाई ध्यान दिँदै शान्तिसुरक्षाका कामकारबाही सञ्चालन गर्न अनुरोध गरेका हुन्। तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनप्रसाद गुरुङले गुरुङ जाति सामाजिक, सांस्कृतिक सद्भावना बोक्ने समुदाय रहेको बताउनुभयो।
गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ । चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको छ ।
राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएको छ। बिहीबार नै विधेयक पारित गर्ने तयारी रहेको थियो। बैठकमा समयसीमा नतोकिएका कारण लम्बिएको छलफल शुक्रबारसम्म जारी रहने देखिएको छ।
सुदूरपश्चिमेलीको महान् पर्व गौरा बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। यहाँका पहाडदेखि तराईका जिल्ला देउडा भाकाबाट गुञ्जिन थालेका छन्। भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्छ। गौराको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ। पौराणिक कालमा गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको भनाइ छ। महिलाका लागि यो विशेष पर्व हो।
कर्णाली प्रदेश सरकारले सुर्खेतको वराहताल गाउँपालिकाको गिरीघाटमा बस्दै आएका बाढीपीडितलाई पुनस्र्थापनाका लागि राहत वितरण गरेको एक वर्षभन्दा बढी भयो। गिरिघाटमा बस्दै आएका बाढी प्रभावितले अझै उक्त स्थान छाडेका छैनन्। सरकारले पुनस्र्थापनाका लागि विभिन्न चरणमा राहत उपलब्ध गराए पनि बाढी प्रभावित परिवारले अस्थायी शिविर नछाडेका हुन्। कर्णाली प्रदेश सरकारले दिएको न्यून राहत रकमले पुनस्र्थापना हुन नसकेको प्रभावितले बताएका छन्। २०७१ को बाढीका कारण विस्थापित भएका वराहताल गाउँपालिका–२ का १२५ घरधुरी अहिले पनि सामुदायिक वन क्षेत्रमा बसिरहेका छन्। त्यतिबेला गाउँपालिकाका २५९ परिवार बाढीबाट विस्थापित भएका थिए। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार त्यसमध्ये प्रक्रिया पूरा गरेर १५४ घरधुरीले तीन चरणमा गरी राहत रकम पाइसकेका छन्। तर हालसम्म २९ परिवारले मात्रै उक्त ठाउँ छाडेका बताइएको छ।