च्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा
रुपन्देही, भदौ १८ गतेल । गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताउनुभएको छ। उहाँले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो। श्रीराम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा शनिबार उहाँले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रूपमा नेपाल अघि बढिरहेको बताउनुभयो। नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उहाँले नेपाल र भारतको भाषा, वेशभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गर्नुभयो। गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रूपमा स्थापित गरेको बताउनुभयो। गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उहाँले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गर्नुभयो।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्त्वपूर्ण भएको बताउनुभयो। भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उहाँले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबिचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले यहाँका अग्रजको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताउनुभयो।रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत श्री वास्तवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो। रासस
साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।
नागढुङ्गास्थित चेक प्वाइन्टमा श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकमात्र नाम सर्वसम्मत सिफारिस भएको छ।
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको छ । एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै प्रदेश ‘ख’ प्रत्यक्षतर्फ गुरुङलाई सिफारिस गरेको हो ।
घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाले प्रतिनिधि सभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ।
शशिधर पराजुलीविराटनगर, भदौ १८ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले दलबीच केही दिनभित्रै सहमति बन्ने जानकारी दिनुभयो। ‘‘गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ। तर, सबै दलले आ–आफ्ना अडान राखिराखेका छन्,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘केही दिनभित्रै सहमतिमा यो विषय टुंगिन्छ।’’ गठबन्धनमा रहेको दलको हिसाबमा एकीकृत समाजवादीले पाउने सिट संख्याको बारेमा भने अध्यक्ष नेपालले स्पष्ट जवाफ दिनुभएन। उहाँले भन्नुभयो, ‘‘तपाईँहरुले मिडियामा ४० सिट भनेर लेख्नुभएको छ, कसैले ३० भनेका छन्, त्यो ५० पनि हुनसक्छ, १५, १०, एक वा नहुन पनि सक्छ।’’ नेपालले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने धारणा आफूले राखेको प्रष्ट पार्नुभयो। अध्यक्ष नेपालले चुनाव अघि वाम एकताको सम्भावना नरहेको र तत्काल माओवादीसँग एकता पनि नहुने बताउनुभयो। एकीकृत समाजवादी निकट कर्मचारीको विराटनगरमा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा पार्टीले समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने बताउनुभयो। ‘‘समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित गर्छौं,’’ उहाँले भन्नुभयो।
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक व्यवस्थामा जनताको बलमा सरकार बन्ने भए पनि अहिलेको सरकारलाई सर्वोच्च अदालतको परमादेशले बनेकाले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।
पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको हुम्ला पुनः पहिलेकै लयमा फर्किन थालेको छ । बिशेषगरी सदगुुरुसहितको टोली सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जान सुुरु गरेपछि धार्मिक पर्यटकले यो क्षेत्र चलायमान भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशका लागि नयाँ काम दिने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनमा शनिबार उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले नेपालको बिकासमा भारत सरकारको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको ठूुलो सहयोग रहेको उहाँको भनाइ छ ।