• १३ साउन २०८१, आइतबार

प्रदेशलाई नयाँ काम दिन्छु : मुख्यमन्त्री केसी

blog

जानु पाण्डे 

कपिलवस्तु, भदौ १८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशका लागि नयाँ काम दिने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनमा शनिबार उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।  

मुख्यमन्त्री केसीले अरुले के गरेभन्दा आफुले केही नयाँ काम गरेर जाने बताउनुभयो । “अब आउनेलाई नयाँ काम गर्नुपर्छ भन्ने सन्देश दिएर म विदा हुन्छु” उहाँले थप्नुभयो, “नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ, बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भइसक्यो ।” 

वनलाई संरक्षण गर्ने भनेको समुदायले हो, अब समुदाय नै जोखिममा भएपछि वन केका लागि भन्ने प्रश्न उठेको उहाँले बताउनुभयो । स्थानीय तहलाई धेरै जिम्मेवारी भएकाले आफ्ना जनताका लागि के गर्ने भन्नेबारे स्थानीय तहले सोच्नुपर्ने उहाँको भनाइ छ ।  मुख्यमन्त्री केसीले अब काठ आयत रोकेर निर्यात गर्ने समेत बताउनुभयो । 

वनबाट २ खर्व राजस्व संकलन गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । प्रकृति संरक्षणका लागि नयाँ योजना बनाएर काम गर्न निर्देशन दिदै बजेट चाहिए आफुले दिने उहाँले बताउनुभयो । आफु मुख्यमन्त्रीको पद छाड्ने दिन उपलब्धी सार्वजनिक गरेर विदा हुने उहाँले बताउनुभयो ।