प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन–नेपाल र भारतको बिचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पृथ्वी राजमार्गको दमौली–पोखरा खण्डको अवरोध हटेको छ । चार घण्टा लगाएर पहिलो पन्छाएपछि सडक खुलेको हो । सडक खुले पछि यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन् ।
वेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।
सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ ।
बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा भारत पसेका नेपाली दसैँतिहार मनाउन धमाधम स्वदेश फर्किन थालेका छन् । लामो समयदेखि भारतमा बस्दै आएकादेखि बर्खे खेती लगाएर भारत गएकाहरू फर्किरहेका छन् । प्रदेशका विभिन्न नाकामा बिहान सबेरैदेखि भिड लाग्ने गरेको छ । बर्खे खेतीपातीको काम सकेर धेरै नेपाली भारतको सिमला, हिमाचल प्रदेशलगायत विभिन्न स्थानमा काम गर्न जाने गरेका छन् ।
फडिन्द्र अधिकारीलेखनाथ, असोज २१ गते । युवा कलाकार ज्योति गुरुङ शनिबार पुरस्कृत हुनुभएको छ। गृहनगर पोखरामा उहाँको एकल चित्रकला प्रदर्शनीकै दिन सिर्जनशील कलाकार समूहले पुरस्कृत गरेको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले पुरस्कार राशि नगद १५ हजार र सम्मानपत्रले उहाँलाई सिर्जनशील युवा कला पुरस्कार २०८० बाट सम्मानित गर्नुभएको हो। कलाकार विश्वरत्न शाक्यद्वारा स्थापित यो पुस्कार १९ औँ पटक प्रदान गरिएको हो । यो पुरस्कारबाट सम्मानित हुनेमा गुरुङ पहिलो महिला कलाकार हुनुहुन्छ । कलाकार गुरुङले आफ्नो जन्मभूमिमा पहिलो एकल कला प्रदर्शनीकै दिन सम्मानित हुने विरल अवसरले आफू उत्साहित भएको बताउनुभयो । “मैले परिवार र अग्रज कलाकारबाट कला सिकेँ, अझै सिक्दै छु । पुरस्कारले सिकाइलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो ।देशमा एक दर्जनभन्दा बढी र विदेशमा आधा दर्जन कला प्रदर्शनी गरिसक्नुभएकी गुरुङको शनिबार भएको ‘स्टेप टु द नेचर’ शीर्षकको प्रदर्शनीमा दुई दर्जन चित्रकला प्रदर्शनिमा राखिएको छ। पानी रङ प्रयोग गरी उहाँले पोखरा र आसपासको प्रकृति र मानव जीवनलाइ क्यान्भासमा उतार्नुभएको छ ।कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले सिर्जनशील कलाकार समूहको स्थापना र पोखरेली कलाकारको एकताबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका कुलपति बिखर्चीले कलाको महत्व बुझाउन विद्यालय तहबाटै कला शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यायिक समितिलाई संविधानले देवानी प्रकृतिका विवाद स्थानीय तहबाट निराकरण गर्न सक्ने अधिकार दिएको छ । स्थानीयस्तरमै विवाद समाधान गर्न थालिएपछि न्यायालयमा धाउनु पर्दा सास्ती भोग्नुपर्ने समस्याबाट नागरिकलाई सहज भएको छ । न्यायिक समितिले स्थानीयस्तरमा हुने विवाद खास गरी देवानी प्रकृतिका मुद्दाहरू अंशबन्डा, साँध मिचिएको, घरेलु झै झगडा, लेनदेन आदि विषय निरूपण गर्ने अधिकार पाएको छ । पछिल्लो समय न्यायिक समितिप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएको छ ।
ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै विरोध जनाए । आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे ।
उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाले न्याय सम्पादनलाई छिटोछरितो र सहज बनाउन भर्चुअल माध्यमबाट सेवा दिन थालेको छ। साबिक कर्णालीका पाँच जिल्लालाई न्यायिक सेवा लिनका लागि खर्चिलो र असहज भएका कारण भर्चुअल माध्यमबाट सेवा दिन थालिएको हो। उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार यामप्रसाद बाँस्कोटाका अनुसार बिहीबार सेवाको परीक्षण गरिएको छ । उहाँका अनुसार जुम्लाबाहिरबाट सम्बन्धित जिल्लाको अदालतमा गएर जुम लिङ्कमा जोडिएर अधिवक्ता तथा सेवाग्राहीले सेवा लिन पाउने छन् ।
चाडबाड नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सञ्चालित खाद्यान्न बिक्री केन्द्र बन्द हुने गरेको पाइएको छ । सदरमुकाम अमरगढीमा रहेको उक्त कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दसैँतिहार नजिकिँदै गर्दा बिक्री केन्द्र बन्द हुने गरेको गुनासो उपभोक्ताको छ । बिक्री केन्द्र बन्द हुँदा बजारको भन्दा सस्तो मूल्यमा चामललगायत खाद्य सामाग्री खरिद गर्न स्थानीय वञ्चित भएका छन् । नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले यही असोज ४ गते दुई सय क्विन्टल मसिनो चामल सो केन्द्रमा पठाएको जनाएको छ ।
फिदिम नगरपालिका–३, लालीखर्कमा रहेको चिया विस्तार आयोजनामा कार्यालय प्रमुख, प्राविधिक, कार्यालय सहयोगी र श्रमिक गरी १० जना कर्मचारी छन् । यति कर्मचारी रहेको यो कार्यालयको जनशक्तिलाई पर्याप्त काम छैन । उनीहरू प्रायः कार्यालय आउने र जाने काम मात्रै गर्छन् ।
लामो समयदेखि अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्मे हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्ट्सका पसल हटाइएका छन् ।