उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले उक्त घोषणा भएको जनाएको हो ।
मधेश प्रदेशमा आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले करिब पाँच सय जनाको नाम सिफारिस गरेको छ । प्रदेशको आठ वटै जिल्लाबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी सो संख्यामा नाम सिफारिस गरिएको प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ ।
पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो शहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगञ्ज डेङ्गुको उच्च जोखिममा परेको हो ।
पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ ।
जग्गा वर्गीकरण गर्ने उद्देश्यले कित्ताकाट रोक्का गरिएसँगै मालपोत कार्यालय पाँचथरबाट संकलन हुनेगरेको राजश्वमा ह्रास आएको छ । जग्गा रोक्काले कारोबार प्रभावित हुँदा साठी प्रतिशतसम्म राजश्व घटेको कार्यालय प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो ।
मानेभन्ज्याङ गाउँपालिका –८ काभ्रेटारका आकेश राई सुनकोशी गाउँपालिका –३ सिस्नेरीको पञ्चकन्या माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्छन् । अर्का कमल राई सोही विद्यालयको कक्षा ८ मा पढ्छन् । उनीहरुलाई घरबाट विद्यालय पुग्न पैदल दुई घण्टाभन्दा बढी समय लाग्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ ।
कैलालीको भजनी नगरपालिका –५ गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माणका लागि निरीक्षण गरिएको छ । गुलरिया घाटमा पुल निर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि एक टोलीले निर्माणस्थलको निरीक्षण गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको घोषणापत्रमा १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताउनु भएको छ । उहाँले त्यसका लागि कांग्रेसलाई रुपान्तरण गरेर नवीन बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताउनुभएको छ ।
रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् ।
देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
नेनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउनुभएको छ ।