धनकुटामा गठबन्धनमा रहेका मध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि टिकट दाबी गरिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा गठबन्धनमा रहेका अन्य दल भने यो दौडमा देखिँदैनन्।
पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
दीपकप्रसाद गौतमवीरगञ्ज, भदौ २४ गते। पर्साको ग्रामीण नाका ठोरीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ४७४ बोतल प्रतिबन्धित कफ सिरफसहित प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ।पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय युवक रवीन्द्रकुमार साहलाई इलाका प्रहरी कार्यालय ठोरीको प्रहरी गस्ती टोलीले कोडीवेल कफ सिरफ १०० एमएलको ४७४ बोतलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भारतको भिखनाठोरीबाट ठोरी गाउँपालिकाको सुन्दरबस्तीतर्फ आउँदै गरेका साहले बोकेको जुटको बोराबाट प्रहरीले प्रतिबन्धित कफ सिरफ बरामद गरेको हो। साह उपर लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा राजनीतिक परिवर्तनसँगै गरिएका अपेक्षा पुरानै प्रशासनिक संरचनाका कारण सम्भव नभएको बताउनु भएको छ।
थारू तथा मधेशी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा सप्तरी महिला समूहले शुक्रवार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। एक साताअघि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सप्तरी महिला समूहको आयोजनामा गरिएको जितिया समारोहमा उपस्थित हुँदै अधिकारकर्मी, शिक्षिका, अधिवक्ता, राजनितीकर्मी, पत्रकार आदीबासी महिलाको सहभागिता थियो ।
दमकमा बसपार्कसहितका सार्वजनिक स्थानमा फूल तथा विरुवासहितका गमला राख्ने अभियान शुरु गरिएको छ । शुक्रबार दमक नगर प्रमुख राम थापा र उपप्रमुख गीता अधिकारीले यो अभियानको औपचारिक उदघाटन गर्नुभएको छ ।
रमेश विश्वकर्मा गुल्मी, भदौ २४ गते । स्थानीय तहको निर्वाचन भएको दुई महिना भन्दा लामो समय हुँदासम्म पनि गुल्मीमा झण्डै दुई सय जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन्। निर्वाचन भएको एक महिनाभित्रमा निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारले चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भएता पनि हालसम्म यस जिल्लाका १९९ जना उम्मेदवारले चुनावी खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ। जिल्ला निर्वाचन कार्यालयबाट पटक–पटक उम्मेदवारलाई आफ्नो चुनावी खर्च विवरण बुझाउनको लागि सूचना प्रवाह गरेतापनि उम्मेदवाहरुले सूचनाको बेवास्ता गरेको पाइएको छ। निर्वाचन खर्च विवरण बुझाउन अटेरी गर्ने उम्मेदवारलाई पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेदवार थिए। उक्त उम्मेदवारमध्ये समयमै ५४५ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो। समयमै खर्च विवरण नबुझाएका उम्मेदवारका लागि दोस्रो पटक सूचना जारी गरिएको थियो। भदौ पहिलो हप्तासम्म समयमै खर्च विवरण नबुझाएका उम्मेदवारमध्ये ४९९ जनाले स्पष्टीकरण सहित खर्च विवरण बुझाएका थिए। अहिलेसम्म ४६४ जना उम्मेदवारले गाउँपालिकामा सूचना टाँस गरेर चुनावी खर्च विवरण सार्वजनिक गरेको बताइएको छ। त्यस्तै, जिल्ला समन्वय समितिका १८ जना उम्मेदवारमध्ये ८ जनाले मात्रै समयमै निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। अझै १० जना उम्मेदवारले खर्च विवरण पेस गरेका छैनन्। जिल्लाभरका १०५ जना कार्यपालिकाका उम्मेदवारमध्ये ४० जनाले मात्रै समयमै निर्वाचन खर्च विवरण बुझाएका छन्। ६५ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन सकेका छैनन्। निर्वाचन आयोगले भदौ २३ गतेदेखि एक हप्ताभित्रमा खर्च विवरण बुझाउन बाँकी रहेका गाउँ तथा नगर कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारले स्पष्टीकरणसहित खर्च विवरण बुझाउन र सार्वजनिक गर्न सूचना जारी गरिएको कार्यालय प्रमुख माया कुँवरले बताउनुभयो। निर्वाचन आयोगले उम्मेदवारका लागि नगरपालिका प्रमुख तथा उपप्रमुखले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो। त्यस्तै, नगरपालिकाका वडाध्यक्ष एवम् अन्य सदस्यले दुई लाखसम्म र गाउँपालिकाका वडाध्यक्ष अन्य सदस्यले एक लाख ५० हजारसम्म, जिल्ला समन्वय समिति प्रमुख तथा उप–प्रमुखले ५० हजार र अन्य सदस्यले २५ हजारसम्म, नगर कार्यपालिका तथा गाउँ कार्यपालिका सदस्यले २५ हजारसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले सीमा निर्धारण गरेको उहाँले बताउनुभयो।
भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् । बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् ।
उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले उक्त घोषणा भएको जनाएको हो ।
मधेश प्रदेशमा आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले करिब पाँच सय जनाको नाम सिफारिस गरेको छ । प्रदेशको आठ वटै जिल्लाबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी सो संख्यामा नाम सिफारिस गरिएको प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ ।
पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो शहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगञ्ज डेङ्गुको उच्च जोखिममा परेको हो ।
पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ ।