काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित पर्यटकीयस्थल बल्थलीमा भर्खरै रोपाइँ सकिएको फाँट र सुन्तला बगैँचा ।
‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्ने बताउनुभएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य बनाउने योजना बनाएको छ । गाउँपालिकाले हाल देखिएको बेरुजुलाई फर्स्योट गर्दै आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजना बनाएको हो ।
राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच पुस्तक सार्वजनिक गरिएको हो ।
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ ।
चीनले बिहीबार डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।
जिल्लामा विपदबाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपदबाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको
गोरखाको सहिद लखन गाउँपालिका १ र २ जोड्ने राङदी खोलामा झोलुङ पुल निर्माण भएको छ। गाउँपालिकाको वडा नम्बर १ को बक्राङ र २ नम्बर वडाको मनकामना जोड्ने राङदी खोलामा ८८ मिटरको झोलुङ्गे पुल निर्माण भएको हो।
सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ ।
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा छ सय विद्युतीय चुलो वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा छ सय विद्युतीय चुलो वितरण गरेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन-२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट-२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख विनियोजन गरिएको बताउनुभएको छ ।
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका अनुसार द्रुतमार्ग अयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बर्कया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।