गत वर्ष असार १ र साउन १६ गते आएको बाढीको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भयो । यो बाढीले कैयौँ घर, खेत, जग्गा जमिन बगायो भने बाटाघाटा, पुल पुलेसादेखि अन्य धेरै भौतिक क्षति भयो ।
फेनिजमको सुरुवात अठारौँ शताब्दीमा अमेरिका र युरोपबाट सुरु भएको हो । नारीवादले वैचारिक आन्दोलनको स्वरूप सन् १९६० देखि लियो । सन् १९२० मा बेलायत र अमेरिकामा महिलाले मतदानको अधिकार प्राप्त गरे । अमेरिका र युरोपमा नारीवादी आन्दोलनको लहर चलेको बेला नेपाल राणा शासनको उत्कर्ष खेप्दै थियो ।
जहानियाँ राणा शासनबाट त्राण पाउन आफ्नो जीवन उत्सर्ग गर्ने राणाकालका चार महान् शहीदमध्ये शुक्रराज शास्त्री र दशरथ चन्दले अभि
तत्कालीन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँड्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गर्नुभएको थियो । २०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले ताली बजाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ।
विदेश पठाई दिन्छु भन्दै २१ लाख ४६ हजार रुपियाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर टेकुमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरी घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भइ हाल काठमाडौं–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की रहेका छन् ।
भारत नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत छात्र/छात्रा दुवैमा पहिलो भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।
पर्यटकको व्यवस्थित बसाइँका लागि बागलुङको काठेखोला गाउँपालिका –४ तंग्राममा सामुदायिक पाहुना घर सञ्चालनमा आएको छ । जनजाती बाहुल्य रहेको तंग्राम ठूलो गाउँमा वडा कार्यालयले पाहुना घर निर्माण गरेको हो ।
वरिष्ठ पत्रकारद्वय प्रकाश रिमाल र किरण नेपालले गोरखापत्र तथा दि राइजिङ नेपालसहित गोरखापत्र संस्थानका प्रकाशनहरू खोज पत्रकारितामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित सामग्री उत्पादनसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रममा शुक्रबार कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रिमालले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास र नवीनतम् प्रविधिको अधिकतम् प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्।
‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिननमा बढुवा भएको झापा फुटबल क्लबलाई गृह जिल्लामा सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई शुक्रबार नगद सहित सम्मान गरेको हो ।
काठमाडौं, असार ३ गते । मोडल सुधिर श्रेष्ठ र सुपा खनालको अभिनय रहेको 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'क्ल्यासिक फ्रेम मुभिज'को आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो। यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको छ । लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ । स्वयम गायक अर्यालले संगीतवद्ध गर्नुभएको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गर्नुभएको हो । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको भिडियोलाई महफुज अन्सारीको छायाँकन रहेको छ । भिडियोमा सुबाश देवकोटाको सम्पादन छ। मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो ।
गोरखापत्र संस्थानको मासिक प्रकाशन मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईलाई संस्थान व्यवस्थापनले शुक्रबार सम्मानसहित बिदाइ गरेको छ । सम्पादक भट्टराई ५८ वर्ष उमेरहदका कारण संस्थान सेवाबाट बिदा हुनुभएको हो ।
काठमाडौं, असार ३ गते । अनुप बरालले निर्देशन गर्नुभएको फिल्म 'दोख'को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।चर्चित लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा रहेको यो गीतसँगै उहाँले फिल्म संगीतको सुरुवात गर्नुभएको छ । श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्यान्डले एरेन्ज गरेको हो । असार २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पटकथा राजन कठेतले लेख्नुभएको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, राज थापा, सुरज मल्ल, कमल देवकोटा र साजन थापाको अभिनय छ ।फिल्मका निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् । शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । यस्तै, भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रवीन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई हुनुहुन्छ ।