गुल्मीमा मिनिटिलरको सहायताले खेत जोत्दै कृषक । जिल्लामा पछिल्लो समय गाउँमा गोरू पाल्न छाडेपछि खेतबारी जोत्नका लागि कृषकले आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन्।
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘आउट–लः दफा २१९’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । चलचित्रमा आर्मीको हेलिकोप्टर प्रयोग गरिएको छ । सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतूहल पैदा गर्छ ।
सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र तयार भएको छ । ‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ शीर्षक वृत्तचित्र जुलाई ३१ मा नेटफ्लिक्समा प्रदर्शन गरिने जनाइएको छ । वृत्तचित्रमा नेपाली सबटाइटल रहने बताइएको छ । दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेसनमा पर्नुभएकी निर्देशक लुसी वाकरको निर्देशनमा सो वृत्तचित्र निर्माण गरिएको हो । सो वृत्तचित्र अमेरिकाको न्युयोर्क सिटीको आइएफसी सेन्टर हलमा प्रिमियर गरिएको थियो । वृत्तचित्रमा लाक्पाको सगरमाथा आरोहणको कथा र जीवन सङ्घर्षको आरोह अवरोहलाई प्रस्तुत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्ने बताउनुभएको छ । उपकुलपति निभाले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा सो धारणा व्यक्त गर्नुभएको हो । गोष्ठीमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईंले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै लाइभ दोहोरी गीतको परिधि फैलँदो छ । सर्जकले आफ्ना प्रतिभा इन्टरनेट माध्यममा राखेर क्षणभरमै विश्वभर पु¥याउन सक्छन् । अछाम मार्कुका टेकबहादुर बोगटीले लाइभ दोहोरी देउडा गाएर धेरैको प्रशंसा बटुल्नुभएको छ । देउडा दोहोरीमा दैलख राकमकर्णालीकी सङ्गीता बडुवालले बोगटीलाई साथ दिनुभएको छ ।
सङ्घीय संरचनासँगै बजार अनुगमनको प्रमुख दायित्व प्रदेश तथा स्थानीय सरकारलाई दिइएको छ । संविधानको अनुसूची ८ ले दिएको अधिकार अनुसार स्थानीय बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा स्थानीय तहको हो तर बजार अनुगमनमा प्रदेश र स्थानीय सरकारको प्रभावकारिता देखिएको छैन । अनुगमनमा स्थानीय सरकारको जति योगदान हुनुपथ्र्यो त्यति नहुँदा बजारभाउ नियन्त्रणबाहिर गएको छ । प्रदेश र स्थानीय सरकारकै लापर्बाहीका कारण सर्वसाधारण उपभोक्ता म्याद नाघेका वस्तु उपभोग गर्न बाध्य छन् ।
ग्लोबल आइएमई बैङ्क लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबिच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी अनुसार बैङ्कले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्ने छ ।
आर्थिक वर्ष सकिनै लाग्दा पनि निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले तत्काल भुक्तानीको माग गरेको छ तर अर्थ मन्त्रालयले भने निर्माण व्यवसायीको भुक्तानीमा कुनै समस्या नभएको जनाएको छ । महासङ्घले भुक्तानी नपाउँदा निर्माण व्यवसाय सङ्कटमा परेको भन्दै विज्ञप्ति जारी गरेको छ तर अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीले भन्नुभयो, “विधि र प्रक्रियासम्मत भएको भुक्तानी रोकिएको छैन । हामी खर्च होस् भन्ने चाहन्छौँ तर अर्थ मन्त्रालयसँग स्रोत र सहमति नलिई शीर्षक नछुट्टिएको अवस्थामा रोकिएको हुन सक्छ ।”
सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।”
सेयर बजारमा आशाका किरण देखिन थालेपछि कारोबार उकालो लाग्न थालेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्दा कारोबार रकम साढे छ अर्ब पुगेको छ । दैनिक बढ्दो क्रममा लागेको कारोबार रकम यो साताको अन्तिम दिन बढेरै बन्द भएको छ ।
सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नीति निर्माण, संरचनागत व्यवस्थापनसहित सहकारी क्षेत्रका बेथिति निराकरणका सन्दर्भमा सरोकारवालासँगको परामर्श तीव्र पारेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको बिहीबारको बैठकमा समस्यामा परेका सहकारीको विभिन्न निकायबाट भइरहेको छानबिन, अनुसन्धानसहित नीतिगत तहको छलफल भएको हो । महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका पदाधिकारीसँग सहकारीको नियमनको स्थिति, प्रभावकारी निकायको आवश्यकतासहितका विषयमा छलफल भएको छ ।
सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान् अपहरणमा परेपछि पुण्यमायाका आँखा कहिल्यै ओभाएनन् । २० वर्षसम्म झरेका आँसुको हिसाब गर्ने हो भने एउटा खोलो नै बन्थ्यो । उसो त १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान सुनाएर गाउँले र आफन्तले पुण्यमायालाई सान्त्वना दिन्थे तर १२ मा आठ वर्ष जोडिँदा मात्र उहाँको जीवनको खोलो फर्कियो । श्रीमान् उदयबहादुर खड्का र उहाँकी श्रीमती पुण्यमाया बस्नेत (खड्का) को २० वर्षभन्दा बढी समयपछि जीवनमा भँगालो फाटेको खोलो फर्किएर पुनर्मिलन भएको छ ।
विभिन्न प्रतियोगितामा सहभागी भइ मेडल जितेका तेक्वान्दो खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । धनगढीस्थित चैतन्य पाठशाला तेक्वान्दो डोजाङको दोस्रो वार्षिकोत्सवको अवसरमा खेलाडिलाई पुरस्कार प्रदान गरिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताउनुभएको छ ।