सिन्धुली जिल्लामा करिब दुई दशकअघिसम्म विभिन्न चाडपर्व र धार्मिक कार्यमा परम्परागत रूपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच सङ्कटमा पर्न थालेको छ । पछिल्लो समयमा युवा पुस्ताका व्यक्तिको नाचप्रतिको बेवास्ता र बालन नाच्ने पुराना पुस्ताहरू वृद्ध भई अशक्त हुँदै गएपछि संरक्षण अभावमा उक्त नाच सङ्कटमा परेको स्थानीयको भनाइ छ । अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृ
खाद्य सुरक्षा तथा स्वच्छताका लागि विभिन्न निकाय भए पनि उपभोक्ताले ढुक्क भएर कुनै खानेकुरा खाने अवस्था नरहेको सरोकारवालाले बताएका छन् । पानी, फलफूल, दूध, तरकारी, माछा, मासुलगायत वस्तु निर्धक्क भएर खाने अवस्था नरहेकाले त्यसका लागि थप काम गर्नुपर्ने उनीहरुले बताएका छन् ।
बेनी–जोमसोम सडक अन्तर्रगत म्याग्दीको रघुगङ्गा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल नबन्दा बर्षातका समयमा सावरीसाधनालई वारपार गर्न समस्या हुने गरेको छ । असार लागेलत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारी साधनलाई खोला वारपार गर्न कठिनाई हुने गरेको छ ।
मनसुन सक्रिय हुँदा वर्षा र बाढीले सिरहाका ६३ बस्ती जोखिममा पर्नसक्ने देखिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना प्रतिवेदनले कमला, बलान
काभ्रेको धुलिखेल सामुदायिक अस्पतालले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको जनाएको छ ।
दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका नेपाली श्रमिकलाई इजरायल पठाउन आवश्यक प्रक्रिया भइरहेको जनाएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार विज्ञप्तिमार्फत छनोट भएका ८७८ जना श्रमिकलाई छिटोभन्दा छिटो इजरायल पठाउन प्रयास भइरहेको जनाएको हो ।
चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । चलचित्र तिहारको अवसर पारेर कात्तिक ४ गते प्रदर्शनमा आउने भएको छ । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक–पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पा
गतका वर्षभन्दा यसपालि हिमाल आरोही पासाङदावा शेर्पा धेरै खुसी देखिनु हुन्छ । उहाँ धेरै बोल्नु त हुन्न तर हँसिलो अनुहारमा उहाँको यो खुसी प्रष्टै झल्कन्छ । हिमाल चढ्ने प्रायः विदेशीहरूका लागि उहाँले धेरै वर्षदेखि काम गर्दै आउनु भयो । यस पटक भने प्रसिद्ध गायक राजु लामालगायत नेपालीको पथप्रदर्शक बन्नु भयो । यही कार्यले उहाँमा अरू बेलाभन्दा धेरै खुसी छाएको हो ।
रौतहटका अधिकांश पालिकामा पूर्ण तथा आंशिक रूपमा विद्युतीकरण भइसके तापनि ग्रामीण भेगका मानिस वैकल्पिक ऊर्जाप्रति आकर्षित भएका छन् । विद्युतीय शक्तिको उपभोगमा लाग्ने खर्चभन्दा कममा वैकल्पिक उर्जाबाट प्राप्त विद्युतीय सेवा उपभोग गर्न पाइने भएपछि उनीहरू वैकल्पिक उर्जाप्रति आकर्षित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण शाखा गौरका अनुसार रौतहट जिल्लाको १८ वटै पालिकामा विद्युतीकरण भइसकेको छ । यसरी विद्युत् सेवा उपलब्धसमेत भइसकेको अवस्थामा पनि जिल्लाको ग्रामीण भेगका नागरिकले वैकल्पिक उर्जाको रूपमा रहेको सोलार, इन्भर्टर, गोबरग्यास (बायोग्यास)लगायतका प्लान्ट जडान गरी उर्जा सेवा उपभोग गरिरहेका छन् ।
ब्रोडब्यान्डको पहुँच बढाउँदै डिजिटल अर्थतन्त्र निर्माणका लागि विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने भनिएको करिब १७ अर्ब ५० करोड रुपियाँ (१४ करोड अमेरिकी डलर) ऋण स्वीकृत भएको छ । वि
सदाबहार मौसम थियोे अन्योलका छिद्रताहरू बेढङ्गका खटप्वालहरू बेछाँटका अड्चनहरू
बुद्ध कहाँ लडाइँलाई जायज ठह-याउँछन् बुद्ध यहाँ सधैँ शान्तिको बिगुल बजाउँछन् झगडा कुनै समस्याको समाधान हुँदै हैन बुद्ध यही कुरा निरन्तर मान्छेलाई बुझाउँछन् ।
राष्ट्रिय सभा बैठकमा परराष्ट्र नीतिसँग जोडिएका विभिन्न विषय, सन्धि, सम्झौतामा राष्ट्रिय राजनीतिमा रहेका दलबीच साझा धारणासहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सत्तापक्ष र प्रतिपक्ष बनेर भन्दा पनि राष्ट्रिय धारणासहित अगाडि बढ्नुपर्ने बेला आएकोमा जोड दिएका हुन् ।
मक्किनु अगावै सम्बन्धका त्यान्द्राहरू फुस्किए पछि, चुँडिए पछि यी निर्दाेष आँखाका डिलबाट