गुल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क रुपमा पशु चिकित्सा विषय पढाउने भएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले देशभर पशु चिकित्सकको माग बढ्दै गएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।
जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान पावर ट्रिलरको सहायताले धान रोप्न खेत तयार गर्दै । कृषि कार्यमा आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि किसाललाई काम गर्न छिटो, छरितो र सहज भएको छ ।
मेचीनगर नगरपालिका–१३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो ।
मदिरा गरेर सवारी चलाएको आरोपमा तनहुँमा प्रहरीद्वारा एक जना एम्बुलेन्स चालकलाई पक्राउ गरिएको छ । ग २ च ७००२ नम्बरको एम्बुलेन्स चालक पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यी बिच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो ।
दाङमा हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जले सडक निर्माण तथा कालोपत्रे गर्ने काममा ढिलाइ गर्ने ठेकेदारसँग ठेक्का प्रक्रिया तोड्ने जनाएको छ । हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको वनघुर्सीदेखि गढवासम्मको करिब २० किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरेपछि आयोजना ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको हो । सडक विस्तारसँगै कालोपत्रेको काम सक्ने गरी ६५ करोडको लागतमा २०७६ कात्तिक २९ मा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न हुन सकेन । २
कर्णाली प्रदेश सरकार गठन भएको छ वर्ष पुगिसकेको छ । त्यसयता पटक पटक सरकार परिवर्तन भए । तीन जना मुख्यमन्त्री बने यद्यपि प्रदेशको पूर्वाधार विकासको गति भने निकै सुस्त देखिएको छ । सडक पूर्वाधारकै पहुँचमा कर्णाली कमजोर छ । सङ्घीयतापछिका सरकारले सडकमै उल्लेख्य विकास गर्न सकेको देखिँदैन । प्रदेश सरकार गठन भएयता कर्णालीमा साढे तीन हजार किलोमिटर सडक निर्माण भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ को जेठ १५ सम्म कुल तीन हजार पाँच सय किमी सडक निर्माण भएको जानकारी दिनुभयो । यसमा सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्र्याक खोल्ने र कालोपत्रे गर्नेलगायतका काम भएका छन् । यो अवधिमा ११
विगतमा गाउँले सबै मिलेर कुलो बनाई खेतमा पानी पुर्याउँथे। दिनदिनै जसो खोला र वर्षाको पानीले कुलो पुरिने र बगाउने गरेकाले गाउँले नै गएर खन्नुपर्ने अवस्था थियो । परशुराम नगरपालिका–५, परीगाउँकी स्थानीय विष्णादेवी भट्टराईले पहिलेको घटना सुनाउँदै भन्नुभयो, “अहिले पक्की कुलो बनेपछि भने धेरै सजिलो भएको छ ।”
कृषि क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले बजेट वक्तव्यमा राखेको लोकप्रिय नाराका कृषि कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् । आर्थिक वर्ष २०७९/८० मा बजेटमा विभिन्न नारा दिइएका कार्यक्रम कार्यान्वयन हुन नसकेका हुन् । सरकारले ‘आत्मनिर्भर कृषि : प्रदेशको समृद्धि’ भन्ने नाराका साथ जग्गा र खेती चक्लाबन्दीलाई प्रोत्साहन गरी जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बाँझो जमिन बैङ्क स्थापना गर्ने घोषणा गरेको थियो तर बजेटमा समेत समावेश भएको सो कार्यक्रम कार्यान्वयन नभएको महालेखा परीक्षकको कार्यालयले छैटौँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । ‘एक खेतमा तीन बाली, उत्पादन गरौँ वृद्धि यसपालि’ भन्ने नाराका साथ कृषकको जमिनमा बर्सैभरि सिँचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्न एक हजार छ सय बोरिङ निर्माण गर्ने कार्यक्रम पनि कार्यान्वयन भएको छैन । ‘
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ जुलाई ७ मा हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए । ‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने ।
रौतहटको कटहरिया नगरपालिकाकै नामबाट नामकरण गरिएको मासुको प्रख्यात परिकार ‘कटियाको मासु’ (माटोको भाँडामा पकाइने मासु) अहिले देशका मुख्य सहरमा समेत फैलिएको छ । यस नगरपालिका