धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । पुरातत्व विभागले प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन् गर्दा आठौँ नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु भेटिएको हो ।
किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्यूजले शुक्रबार बिहान जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरु खेतमा व्यस्त देखिएका छन् । आकाशे पानी पर्याप्त नपरे पनि बोरिङ, कुलोको पानि सिँचाइ गरेर धान रोपाई सुरु गरेको कृषकहरुले बताएका छन् ।
गोलन्जोर गाँउपालिका –५ रतनचुरा निवासी किसान शङ्कर योगीले यो वर्षको मनसुन सुरु भएसँगै भर्खर एकसय बोट जुनारका बिरुवा रोप्नु भएको छ ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँ जाने कर्णाली नदीमाथि लागत साझेदारीमा काठेपुल निर्माण गरिएको छ । नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका वस्तीहरुमा सडक सञ्जाल जोड्न कर्णाली नदी माथि काठेपुल निर्माण गरिएको हो ।
भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।
जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनाहरु । विसं. २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको थियो ।
इरानमा गत मे महिनामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबिचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।
पुतलीबजार नगरपालिका –१ मा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । वीरेन्द्रनगर हुँदै बग्ने अरौँदीखोलाले बगाउँदा पुतलीबजार नगरपालिका –१ बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० ले जनाएको छ ।