ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ले मृतक परिवारलाई किरिया खर्च दिने भएको छ। वडा कार्यालयले आगामी आर्थिक वर्षदेखि वडाबासी नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने भएको हो।
पत्रकार सुशील दर्नालद्वारा लिखित ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरुको सकुशल उद्धार गरिएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग ।
हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको छ। हुम्ला आउने इनरुट र सिमकोट विमानस्थल क्षेत्रको मौसम खराव हुँदा हवाई सेवा अबरुद्ध भएको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बिच विश्वव्यापी एकताका लागि आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।
गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ।
मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी काम गरी बस्ने आएका पुजन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यही असार २० गते बिहीबार गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएलगत्तै मनाङमा पूर्वतयारी थालिएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, रायढुङ्गामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर – ८ छापटोला बस्ने ४३ वर्षीय देवबहादुर विक घाइते हुनुभएको हो ।
मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९ जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।
सुदूरपश्चिममा तीन दिनसम्म अत्याधिक वर्षा हुने भएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ।