फिदिम नगरपालिका–४ की लक्ष्मीमाया थापा एक महिनादेखि निदाउनुभएको छैन । मौसम बदलिएर मेघगर्जन हुनासाथ उहाँको निद्रा हराउँछ । गत वर्ष असार २ गते हेवामा आएको बाढीले मच्चाएको वितण्डा मानसपटलमा फनफनी घुम्छ ।
‘कोठा पाइन्छ कि भनेर आमा ?’ एउटा हँसिलो अनुहार भएको युवकले सोध्यो । खगेश्वरीलाई किन हो किन त्यो ठिटोको आगमन, सोधाइ र मुस्कान चिरपरिचित युवकको जस्तो लाग्छ । उनले ‘कोठा छ’ भनेर सहजै जवाफ दिन्छिन् । सायद ग्रह मिल्यो भने सबै कुरा ट्याक्क मिल्छ भनेको यस्तै होला । नवयुवकले पनि खुसीभाव प्रकट गर्दै कोठा हेर्न खोज्छ । कोठा ठिक लागेपछि त्यही दिनदेखि बस्ने भाव प्रक
मलाई थाहा छ यो घरभित्र को छ ? म प्रवेश चाहन्छु ढोका खोल होइन ! घरको पुरानो पर्खाल भत्काउँछु त्यसपछि भेटमा के हुन्छ
मानव अधिकार संरक्षण र संवर्धनका क्षेत्रमा क्रियाशील नाम हो, वेद भट्टराई । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसचिव हुनुहुन्छ, भट्टराई । आयोगमा १६ वर्ष क्रियाशील रहँदा उहाँले विधिको शासन र मानव अधिकार संरक्षणको क्षेत्रमा भएगरेका कार्यानुभवलाई पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । ‘मानव अधिकारको गहिराइ केही घटना र चुनौतीहरू’ नामक पुस्तकमा उहाँले आयोगमा रहँदा मानव अधिकार संरक्षणकर्ताका रूपमा आफूले गरेका कार्य र त्यस क्रममा उत्पन्न भएका चुनौती सामना गर्दाका क्षणलाई समेट्नुभएको छ । पुस्तकमा समावेश सशस्त्र द्वन्द्वकालीन विभिन्न घटनाको सविस्तार वर्णनले आङ सिरिङ्ग गराउँछ । चाहे त्यो पत्रकार डेकेन्द्र थापाको हत्या र शव उत्खननको घटना होस् चाहे धनुषाको गोदारमा चार जनाको शव उत्खनन
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
हरियाली सहरको जीवन हो । बढ्दो सहरीकरणको प्रभावले प्रदूषण बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रदूषणलाई न्यूनीकरण गरी वातावरण स्वच्छ र सफा राख्नुका साथै हरियालीले सहरलाई सुन्दर बनाउँछ । यसले सहरवासीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । खुला र स्वच्छ वातावरणको आवश्यकता पूर्ति गर्न हरियाली सौन्दर्यीकरण आजको आवश्यकता हो । हरियालीयुक्त वातावरणको व्यवस्थापनले सहरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भने यसले सहरको सुन्दरतामा समेत योगदान पु¥याउँछ । सहरका सडकमा दायाँबायाँ वृक्षरोपण गरी, अन्य खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरेर हरियाली प्रवर्धन गर्न सकिन्छ । यसले प्रदूषणको मात्रा कम गर्नमा सहयोग पु¥याउँछ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
मानिस हामी मनका धनी । धनधान्य धनसारका धनी ! कृषिप्रधान देश नेपाल वर्चस्वशाली । धान नेपाली परिधान । परिधान सुन्दर सौन्दर्यका लवाइखवाइ अनि नभनूँ नै किन हवाई । उच्च उडान ! सम्पूूर्ण प्रहरका उडान ! कम्पास–राडर–यावत् दिक साधन यन्त्र छन्– हवाई उडान यन्त्रमा । अचेलका अत्याधुनिक परिधान ! मनभरि उडान यन्त्र जडी भरिरहेथेँ गोरखापत्र राष्ट्रिय दैनिक २०८१ असार ३ सोमबार । ‘प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन’ मा आँखा गड्यो । पढ्दै गएँ, हेर्दै, रमाउँदै । गोठेमलमाथि अनुसन्धान अन्वेषण गर्दै आएका कृषि प्रसार
पानी परेपछि तारकेश्वर नगरपालिका(१० स्थित मनमैजु, लोकतान्त्रिक चोक सडकमा शनिबार छाता ओढेर आफ्नो गन्तव्य जाँदै सर्वसाधारण ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र ? हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र ? ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छ; जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ । यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन थालिहाल्यो । पहिलो यात्राको बखत भोगेको अनुभवले अलि कठिन यात्रा हो भन्ने लागिरहेको हुँदा बेला बेला दोमन भने भई नै रह्यो तर पनि त्यो यात्रामा देखेका कुनै कुनै यात्रीको अवस्था कुनै अलि बुढा, कोही अशक्त तर प
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माण गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका तयार गरेको १० वर्षपछि बल्ल कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७१ सालमा सो निर्देशिका तयार गरेको थियो । निर्माण भएको १० वर्षसम्म निर्देशिका कार्यान्वयनमा आउन सकेको थिएन । मन्त्रालयले यस वर्षदेखि उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । मन्त्रालयले सरकारी तथा निजी क्षेत्रमा स्वदेशी तथा स्थानीय वस्तुको उपयोग गर्नेबारे सरोकारवाला पक्षहरूको सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नौ महिनादेखि तलब नपाएपछि कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था छाडेर पालिका केन्द्रमा धर्ना सुरु गरेका छन् । सङ्घीय सरकारले पालिकामा कार्यरत स्थायी कर्मचारीलाई पुग्दो तलब नपठाएपछि कर्मचारीले तलब नपाएका हुन् । स्वास्थ्यकर्मी पदमसिंह परियारले भन्नुभयो, “स्थानीय स्वास्थ्य संस्थामा सेवा दिइरहेका जानकी गाउँपालिकामा १० वटा स्वास्थ्य संस्थामा कार्यरत ४७ कर्मचारीले आर्थिक वर्ष पूरा हुन लाग्दासमेत नौ महिनाको तलब नपाएपछि धर्ना बस्नुको विकल्प नभएर यहाँ आएका हौँ ।”