शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित बनेको छ । वर्षातले पहिरो खस्दा शनिबार बिहानैदेखि जिल्लाका राजमार्ग तथा सहायक मार्गहरू अवरुद्ध बनेका छन् ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौँ उपत्यका एवम् आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो ।
अविरल वर्षाका कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका-३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र सङ्ले शुक्रबार ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त गरेको छ ।
लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नमा हौसला प्रदान गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। पालिकाको शैक्षिक सुधार गर्नमा योगदान गर्ने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेको हो।
उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको सेवाले सार्थकता पाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
प्रा. राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रथम पटक वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय भएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठुलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।
नवलपुर गैँडाकोटको बस्तीमा नारायणी नदी छिरेर डुबान गरेको छ । लगातारको वर्षपछि नारायणी नदीको बहाव बढेर गैँडाकोटको बस्तीमा पसेको हो ।
गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ ।
परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो साप्ताहिक मुद्रास्फीति दर १.२८ प्रतिशतले बढेको एआरवाई न्यूजले रिपोर्ट गरेको छ ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादनको लागि आफ्नो पूर्वानुमान अद्यावधिक गरेको छ । जसमा हाल दुई हजार आठ सय ५४ मिलियन टनमा पुर्याएको छ, जुन नयाँ सर्वकालिक तथ्याङ्कमा उच्च हो ।
अविरल वर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ ।