राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।
अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। बिरुवा ६ लामाखेतमा ईश्वरी लम्सालको घर बगाउँदा दुई जनाको मृत्यु भएको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै मुलुकको प्रधानमन्त्री बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताउनुभएको हो ।
ओखलढुङ्गा सदरमुकाम नजिकै शनिबार दिउँसो गएको पहिरोले होटल बगाएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धिचरण नगरपालिका–१२ मा रहेको होटल बगाउँदा दुई जना घाइते भएका छन् ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्ने स्थानीयको भिड लागेको छ ।
अविरलको झरीले सेती नदीमा बाढी आएपछि पोखरा महानगरका पाँच घर विस्थापित भएका छन्। पोखरा–१४ गोष्ठी टोलको सेती नदीको किनारका पाँच घरका बासिन्दा विस्थापित भएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका-६ को सुल्डाँडाबाट वडा नम्बर ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् ।
काठमाडौँको नागार्जुन नगरपालिका-३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका-६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।
सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ ।
दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवारले घर छाडेका छन् । मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन् ।
दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो ।
दुई दिनदेखिको लगातार वर्षाका कारण मनाङको जनजीवन प्रभावित बन्न पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेमा रहेको पुलको सतह छुन लागेको छ भने ताल गाउँमा पानीको सतह बढ्न गई मर्स्याङ्दी नदी वारपारसम्मै जलमग्न भएको छ ।