• १९ असोज २०८१, शनिबार

रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै

blog

काठमाडौँ, असार २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ । “संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।” रासस