काठमाडौँ, असार २२ गते । बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका डिएसपी एवम् प्रवक्ता शैलेन्द्र थापा कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चार जना गोताखोरसहित १५ जना र नं. १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोली खटाइएको हो ।