• १३ मंसिर २०८१, बिहिबार

एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने

blog

काठमाडौँ, असार २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ सो पार्टीले जनाएको छ । 

बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले अर्को व्यवस्था नहरुन्जेलसम्म तत् जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी गराउनुभयो । रासस