• १९ असोज २०८१, शनिबार

ओखलढुङ्गामा पहिरोले बगाउँदा दुई जना घाइते

blog

ओखलढुङ्गा सदरमुकाम नजिकै शनिबार दिउँसो गएको पहिरोले बगाएको होटल । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, असार २२ गते ।
 ओखलढुङ्गा सदरमुकाम नजिकै शनिबार दिउँसो गएको पहिरोले होटल बगाएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धिचरण नगरपालिका–१२ मा रहेको होटल बगाउँदा दुई जना घाइते भएका छन् ।

भोजपुर घर भई ओखलढुङ्गा जिविस टोलमा एन्जलस/इसा होटल सञ्चालन गर्दै आउनुभएको अन्दाजी ३५ वर्षीया इन्दिरा खत्रीको होटलसहितको जस्ताको टहरा पहिराले बगाएको हो ।

ओखलढुङ्गा–रामपुर सडकखण्डको माथिल्लो भाग भत्किँदा खत्रीको होटल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष लुइँटेलले बताउनुभयो ।

पहिरोमा परी खत्री र १३ वर्षी या छोरी लक्ष्मी विष्ट घाइते हुनुभएको प्रहरी निरीक्षक लुइँटेलले जानकारी दिनुभयो ।

उहाँहरूको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइहरेको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नगर प्रहरीले तत्काल खोज तथा उद्धार गरेका थिए । यसैगरी, अवरुद्ध सडक खुलाउने काम भइहरेको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।