धनगढी उपमहानगरपालिका-१४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा नदिने बताउनुभएको छ । सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका सोडारीले राजीनामा नदिएर साउनमा विश्वासको मत लिने निर्णयमा पुग्नुभएको छ ।
गएरातिदेखि भएको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल ।
अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी-१ र वडा नम्बर ४ को बिच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।
धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –१८ फूलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो ।
अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।
सप्तकोसी नदीमा आज पानीको बहाव उच्च मापन गरिएको छ । आज दिउँसो ३ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७२ हजार ४८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पार स्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपदको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनु भएको छ । शानिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको हो ।
शुक्रबार रातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।
गएरातिदेखि अविरल वर्षासँगै तामाकोसी नदीमा बाढी आएपछि शुक्रबार रातिदेखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।
रातिदेखि परेको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक ।
अविरल वर्षसँगै आएको पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट डोगाङका तीन वटा होटल बगाउँदा एक जना होटल व्यवसायी सम्पर्कविहीन भएका छन्।