• १९ असोज २०८१, शनिबार

दोलखाको विकट डोगाङ क्षेत्रको पहिरोमा परेर एक जना बेपत्ता

blog

पहिरोले बगाएको स्थल उत्तरी विकट डोगाङ। तस्बिर सौजन्यः वडाध्यक्ष ङिमागेली शेर्पा।

बाबुराम शर्मा 

दोलखा, असार २२ गते। अविरल वर्षसँगै आएको पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट डोगाङका तीन वटा होटल बगाउँदा एक जना होटल व्यवसायी सम्पर्कविहीन भएका छन्।  

च्छोतच्छोत सिमी गाउँ रोल्वालिङ च्छोरोल्पा पदमार्गको डोगाङका तीन वटा होटल बगाउँदा एक व्यवसायी बेपत्ता भएका हुन्।  बाढीमा परेर जाङबु शेर्पा बेपत्ता हुनुभएको वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभयो। 

उहाँका अनुसार सो ठाउँसम्म पुग्न करिब दुई दिन लाग्ने हुँदा यथार्थ विवरण आउन समय लाग्नेछ। सुरक्षाकर्मी र स्थानीय उद्धारका लागि गइसकेका छन्।

इलाका प्रहरी सिँगटीका प्रहरी निरीक्षक विक्रम लामाले भन्नुभयो, ‘सूचना प्राप्त भएपछि स्थलगत निरीक्षणका लागि प्रस्थान गरिएको छ। साँझसम्म घटनास्थल पुगिने लक्ष्य राखिएको छ। यथार्थ विवरण आउन अझै समय लाग्ने छ।’