अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलको अस्थायी बाँध माथिबाट पानी बग्न थालेको छ । जलविद्युत आयोजनाको डाइभर्सन टनेलबाट पनि पानी पूर्णरुपमा बग्न थालेको छ ।
अविरल वर्षापछि आएको पहिरोका कारण हेटौँडा हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्गहरुमध्ये तीन वटा सडक अवरुद्ध बनेकोमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बिहानबाट सुचारु भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी जिल्ला जोड्ने बिपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
दाङमा लगातार परेको पानीका कारण राप्ती नदीमा आएको बाढीले एक जना बेपत्ता भएका छन् । देउखुरीको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार गरिएको छ । एक जना वेपत्ता हुनुभएको छ ।
शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीपछि आएको पहिरोले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बनेको हो ।
हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनुहुने भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।
भोटेकोसी गाउँपालिका हिन्दी स्थित निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोसी जलविद्युत आयोजना–१ (४० मेगावाट)को डिसेन्डर कभर स्ल्याब एक्कासि भत्केर पुरिएका दुई जना मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।
शनिवार बिहानदेखि परेको वर्षासँगै बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
लगातारको वर्षाले गर्दा ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडकको सोझो यातायात सेवा अवरुद्ध भएको छ ।
कालीकोटको फुगाढमा बेलिबज बगाएको चार वर्ष भयो । पुनः पुल निर्माणका बिकोई बिल्डर्स प्रालि काठमाडौँसँग पुल निर्माणका लागि दुई वर्ष अगाडी सरकारले सम्झौता गरेपछि ठेकेदार सम्पर्क विहीन भएपछि जनताले सास्ती खेप्नु बाध्य भएका छन् ।
अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । रोगको निदान, स्वास्थ्य समस्याको रोकथाम तथा स्वास्थ्यसम्बन्धी सङ्क्रमण न्यूनीकरणमा आधुनिक स्वास्थ्य विज्ञानले ठुलै योगदान पु¥याए पनि चिकित्सासम्बन्धी क्रियाकलापबाट उत्सर्जन हुने फोहोरले स्वास्थ्यसम्बन्धी जोखिम पनि ठुलै मात्रामा बढाएको हुन्छ । त्यही भएर सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई सुरक्षित र भरपर्दो विधिबाट व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको महìवपूर्ण जिम्मेवारी हो ।
सङ्घमा सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशमा पनि सत्ता परिवर्तन हुने व्रmमले यो पटक पनि निरन्तरता पाउने भएको छ । सङ्घमा पछिल्लो पटक भएको सत्ता खेलको प्रभाव बागमती प्रदेशमा समेत देखिएको छ । सङ्घमा यसअघिको सत्ता समीकरणमा परिवर्तन भएर दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता साझेदारी गर्ने सहमति गरेसँगै बागमती प्रदेशमा पनि त्यसको प्रभाव पर्ने भएको हो ।