मातृभाषा र संस्कृति एकापसमा परिपूरक हुन् । यही विषयलाई लिएर आदिवासी पहिचान आन्दोलन अडिएको छ । भनिन्छ, सभ्यता सहरबाट गाउँ छिर्छ । पहिचानको विषय र अभियान आन्दोलन सहरबाट गाउँतर्फ मोड्ने क्रम जारी छ । यही बेला विज्ञान प्रविधिको चरम विकासले भर्खरै टेलिफोन बुथमा आइपुग्न जानेका गाउँलेलाई एक्कैचोटि मोबाइलको भित्तामा ठोक्याउन पुग्यो । त्यति मात्र होइन, फेसबुक, इन्स्टाग्राम, ट्विटर÷एक्स हुँदै एआई र च्याटजिपिटी दाजुभाइको अत्याधुनिक झिलिमिली अन्तरिक्षयान (ग्लोबल भिलेज) गाउँमै छिरेपछि झुपडी बिर्सिने स्थिति आएको छ । सायद त्यसैले होला गाउँघरमा दाजुभाइले सहर पसेर मातृभाषा अभियान छेड्दै गरेका दाजुभाइ दिदीबहिनीका कुरा सुन्न मान्दैनन् । अब छोराछोरीले यो गाउँले भाषा (मातृभाषा
मानिसलाई संसारमा चिनाउने सशक्त माध्यम नै भाषा हो । भाषाबिना हरेक प्राणीको जीवन निरर्थक हुन पुग्छ । आफ्नो धर्म, संस्कार, संस्कृति, जातित्वको पहिचान भाषाले गराउने भएकाले भाषाको ज्यादै ठुलो महत्व रहेको छ । त्यसैले भाषा समाप्त हुनु भनेको पहिचान नै समाप्त भएर जानु हो । आफ्नो भाषाको प्रयोग हरेक समुदायले गर्नु पर्छ । भाषाको विस्तार गरी प्रयोग क्षेत्र फराकिलो बनाउँदै लैजानु पर्छ । आफ्नै भाषामा विज्ञान प्रविधिका नयाँ नयाँ विषयवस्तु आविष्कार गरी बाह्य जगत्लाई भाषाप्रति आकर्षित गर्नु पर्छ ।
नेपालको पहिलो पत्रिका ‘गोरखापत्र’ १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिकका रूपमा प्रकाशित भएको थियो । १९५५ सालमै साहित्यिक पत्रिका सुधासागर आएको भए पनि समाचारमूलक पत्रिका गोरखापत्र नै नेपालको पहिलो पत्रिका हो, जुन आज पनि दैनिक पत्रिकाका रूपमा प्रकाशित छ । राणाशासनको अन्त्यसँगै २००७ सालपछि बिस्तारै अन्य पत्रिका प्रकाशित हुन थाले । २००७ साल फागुन ४ गतेदेखि जागरण साप्ताहिक प्रकाशित भयो । २००७ साल फागुन ८ गतेदेखि आवाज दैनिक प्रकाशित भयो । यसलाई नै नेपालको पहिलो राष्ट्रिय दैनिकका रूपमा चिनिन्छ । २०११ साल भदौ २४ गतेदेखि समाज दैनिक र २०१३ साल कात्तिक २८ गतेदेखि हालखबर दैनिक प्रकाशित भयो । यी त्यतिबेलाका चर्चित पत्रिका थिए । यसरी पत्रपत्रिका प्रका
रातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।
हास्यकलाकार सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ’ मार्फत दर्शक हँसाउने प्रयास थाल्नुभएको छ । झम्सिखेलमा अवस्थित मोक्ष बारमा महिनैपिच्छे हास्य मनोरञ्जनको कार्यक्रम हुँदै छ । जहाँ सन्दीपले एकल प्रस्तुति दिनु हुने छ । कलाकार सन्दीपका अनुसार “अहिले हामीले छ वटा सोको तयारी गरेका छौँ । हरेक सोमा फरक फरक पेसा व्यवसायका मान्छेलाई आमन्त्रण गर्ने छौँ ।”
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीसँग निःशुल्क भिसा र टिकटमा पठाएका श्रमिकको सम्पर्क नम्बरसहितको विवरण मागेको छ । विभागले सूचना सार्वजनिक गर्दै दर्ता भएर सञ्चालित सबै म्यानपावर कम्पनीसँग यस्तो विवरण माग गरेको हो । विभागका अनुसार म्यानपावरले दिने विवरणमा रोजगारीका लागि जाने श्रमिकको नम्बरसहित उल्लेख गरी १५ दिनभित्र विवरण पठाउन निर्देशनसहितको सूचना सार्वजनिक गरेको छ ।
बचतपत्र धनीलाई बचत भुक्तानी फिर्ता लिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । राष्ट्र बैङ्कमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले बचत फिर्ता लिन नआएपछि राष्ट्र बैङ्कले सार्वजनिक रूपमा सूचना जारी गरेर बचत फिर्ता लिन आग्रह गरेको हो ।
सरकारले धानको समर्थन मूल्यमा वृद्धि गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले मध्यम धानको समर्थन मूल्य तीन हजार ५८० रुपियाँ ६२ पैसा र मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४१० रुपियाँ ५१ पैसा प्रतिक्विन्टल तोकेको छ । गत वर्षभन्दा यस पटक मध्यम धानको प्रतिक्विन्टलमा २१८ रुपियाँ ६२ पैसा र मोटा धानको २१२ रुपियाँ ५१ पैसाले वृद्धि भएको छ । विगत पाँच वर्षदेखि धानको मूल्य लगातार वृद्धि हुँदै आइरहेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा माध्यम धानको मूल्य दुई हजार ६७३ रुपियाँ १६ पैसा र मोटा धानको दुई हजार ५३० रुपियाँ तोकिएको थियो । आव २०७७/७८ मा माध्यम धानको मूल्य दुई हजार ८८५ रुपियाँ र मोटा धानको दुई हजार ७३५ रुपियाँ तोकिएको थियो ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा सहभागी दलले पनि नयाँ समीकरणलाई नै समर्थन गर्ने तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन् । डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिने सर्तमा सरकारलाई समर्थन गर्ने भएको छ ।
नेपाल वायु सेवा निगमको ए ३२० वायुयानको इन्जिन मर्मत र विस्तृत मर्मतसम्भार (सी–चेक) का विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित छानबिन समितिले काम सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बुधबार गठित पाँच सदस्यीय छानिबन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश अनुसार बिहीबारदेखि काम सुरु गरेको हो । उहाँले भन्नुभयो, “इजरायल पु¥याइएको निगमको वाइडबडी ए ३२० वायुयानको इन्जिन मर्मतको विषय र हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि इटालीको नेपल्समा पु¥याइएको जहाजको विषयमा छानबिन गर्न समतिले कार्यादेश पाएको छ । प्राप्त निर्देशन अनुसार समितिले बिहीबारदेखि काम सुरु गरेको छ । समितिले १५ दिनभित्र सुझावसहित सत्यतथ्य बाहिर ल्याउने छ ।”
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको समयलाई सरकारले आगामी असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को असार १७ र २० गतेको निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाँचबुझ आयोगले थप अध्ययन गरेर प्रतिवेदन बुझाउने बताउनुभएको हो ।
लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाउनुभएको थियो ।
जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ।