• १९ असोज २०८१, शनिबार

जहाज परीक्षण छानबिन सुरु

blog

काठमाडौँ, असार २२ गते । नेपाल वायु सेवा निगमको ए ३२० वायुयानको इन्जिन मर्मत र विस्तृत मर्मतसम्भार (सी–चेक) का विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित छानबिन समितिले काम सुरु गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बुधबार गठित पाँच सदस्यीय छानिबन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश अनुसार बिहीबारदेखि काम सुरु गरेको हो । उहाँले भन्नुभयो, “इजरायल पु¥याइएको निगमको वाइडबडी ए ३२० वायुयानको इन्जिन मर्मतको विषय र हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि इटालीको नेपल्समा पु¥याइएको जहाजको विषयमा छानबिन गर्न समतिले कार्यादेश पाएको छ । प्राप्त निर्देशन अनुसार समितिले बिहीबारदेखि काम सुरु गरेको छ । समितिले १५ दिनभित्र सुझावसहित सत्यतथ्य बाहिर ल्याउने छ ।”

समितिका संयोजक मानन्धरले छानबिन समितिले निगमको मुख्यालयमा गएर उक्त प्रकरणका कागजात र विवरण माग गरिएको र कागजातको अध्ययनपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । जहाज इटाली पु¥याएको विषयमा उड्डयन प्राधिकरणले निगमका अध्यक्ष युवराज अधिकारीलाई ‘एकाउन्टेबल’ पदमा काम गर्न रोक लगाउँदै निगमका पाँच जनालाई निलम्बन गरेको छ ।

निगमले ए ३३० सिरिजको नाइन एन–एएलवाई जहाज असार ८ गते नियमित उडानका क्रममा दुबई हुँदै विस्तृत मर्मतसम्भारका लागि इटाली पु¥याइएको थियो । हाल जहाजको इटालियन कम्पनी एटिटेक एसपिएमा परीक्षण भइरहेको छ । त्यस्तै गरी निगमको ‘कल साइन नाइन एन एकेएक्स’ जहाजको एउटा इन्जिन सात महिनादेखि बिग्रिएर बसेको विषयमा समेत समितिले अध्ययन गर्ने भएको छ । हाल उक्त वायुयान भाडाको इन्जिनबाट उडिरहेको छ । इन्जिन मर्मतको जिम्मा पाएको इजरायल एरोस्पेस इन्डस्ट्रिजले सम्झौता अनुसार ६५ दिनभित्र उक्त इन्जन मर्मत गरेर फिर्ता दिनुपर्ने भए पनि अहिलेसम्म मर्मत कार्य सुरु गरेको छैन ।

निगमको सुधार प्रयास जारी : मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले निगमको सञ्चालन र व्यस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदन अनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिनुभयो ।