धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका-२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन ।
लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा फर्निचर र कम्प्युटर वितरण गरेको छ । अघिअघि भौतिक पूर्वाधारको आपूर्ति र पछिपछि शैक्षिक सुधार कार्यक्रमलाई अघि बढाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताउनुभएको छ ।
मधेश प्रदेश सभाको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा छलफल हुने बैठक स्थागित भएको छ । चार दलकले मुख्यमन्त्रीलाई दिएको ध्यानाकर्षण पत्र सम्बोधन नभएसम्म बजेट वक्तव्यमा छलफल हुन उचित नभएको भन्दै शुक्रबार बसेको तेस्रो अधिवेशनको १६ औं बैठक स्थगित भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले तराई मधेशमा देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि दातृ निकायहरुसँग छलफल भइरहेको बताउनुभएको छ ।
३५ वर्षीय दयाराम अधिकारी बाँकेको कोहलपुर नगरपालिका –११ न्यूरोडस्थित अरुण टेलर्सको मालिक हुनुहुन्छ । उहाँको शरीरको कम्मरभन्दा मुनिको भाग चल्दैन । ह्विलचियरको साहाराले उहाँ हिँडडुल गर्नुहुन्छ ।
नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौँलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
एक किसानले कति प्याज उत्पादन गर्छन् ? सामान्यतयाः गाउँ घरमा प्रयोग गर्नका लागि मात्र प्याज रोप्ने चलन छ । तर प्याजलाई व्यवसायिक ढङ्गले खेती ग¥यो भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदारण इलामका किसानले देखाएका छन् ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–५ खनियाखर्क निवासी भरतबहादुर थापालाई घरको आँगनमा नयाँ खानेपानीको धारा निर्माण भएपछि यतिखेर दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन निकै सजिलो भएको छ ।
अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ ।
लुम्बिनी प्रदेशमा नयाँ सहमतिको सरकार बनाउन नेकपा (एमाले)ले अग्रसरता लिएको छ । एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै प्रदेश प्रमुख अमिक शरेचनलाई औपचारिकरुपमा पत्र बुझाएको छ ।
जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
दाङको राप्ती गाउँपालिकाले बँधिया (बन्ध्याकरण) गरिएको भाले पाल्ने किसानलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले साना किसानलाई हौसला बढाउन पहिलो पटक बँधिया भाले पाल्ने किसानलाई बार्षिक रुपमा प्रतिभाले एकसय रुपियाँका दरले अनुदान उपलव्ध गराउन थालेको हो ।
पाल्पाको रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, बाट ४ जीपीए ल्याउन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले सम्मान गरेको हो ।