कृषि क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले बजेट वक्तव्यमा राखेको लोकप्रिय नाराका कृषि कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् । आर्थिक वर्ष २०७९/८० मा बजेटमा विभिन्न नारा दिइएका कार्यक्रम कार्यान्वयन हुन नसकेका हुन् । सरकारले ‘आत्मनिर्भर कृषि : प्रदेशको समृद्धि’ भन्ने नाराका साथ जग्गा र खेती चक्लाबन्दीलाई प्रोत्साहन गरी जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बाँझो जमिन बैङ्क स्थापना गर्ने घोषणा गरेको थियो तर बजेटमा समेत समावेश भएको सो कार्यक्रम कार्यान्वयन नभएको महालेखा परीक्षकको कार्यालयले छैटौँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । ‘एक खेतमा तीन बाली, उत्पादन गरौँ वृद्धि यसपालि’ भन्ने नाराका साथ कृषकको जमिनमा बर्सैभरि सिँचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्न एक हजार छ सय बोरिङ निर्माण गर्ने कार्यक्रम पनि कार्यान्वयन भएको छैन । ‘
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ जुलाई ७ मा हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए । ‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने ।
रौतहटको कटहरिया नगरपालिकाकै नामबाट नामकरण गरिएको मासुको प्रख्यात परिकार ‘कटियाको मासु’ (माटोको भाँडामा पकाइने मासु) अहिले देशका मुख्य सहरमा समेत फैलिएको छ । यस नगरपालिका
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो ।
कम्प्युटर प्रविधि अन्तर्गत पछिल्लो दशकमा गरिएको नवीनतम विकासको रूपमा कृत्रिम बौद्धिकता (एआई) लाई लिइएको छ । च्याटजिपिटी, चालकरहित सवारीसाधन र कम्प्युटर खेलहरू यसैको प्रयोगले सम्भव भएका हुन् । मान्छे जसरी हिजो मेसिन प्रयोग गरेर यहाँसम्म आयो, त्यस्तै गरी एआईको सफल प्रयोग गरेर अगाडि बढ्न सक्ने सम्भावना
जेठको अन्तिम साता विराटनगरमा बिहान १० बजे कोशी प्रदेश योजना आयोगको सवारीसाधन कार्यालयतर्फ जाँदै गर्दा क्याम्पस छेउ मोडमा पुगेपछि एक्कासी निस्किएको विद्यार्थीको हुलले सवारीसाधन घेरी चालकसमेत बाहिर निकाली आगजनी ग¥यो । आफ्ना सहपाठीविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा लगाएको विरोधमा आगजनी गरिएको थियो भने यसअगावै विद्युत् प्राधिकरणका चार वटा सवारीसाधनमा क्षति पु¥याइसकेको प्रहरी उद्धृत समाचारमा उल्लेख छ । स्रोतसाधनको अभाव झेलिरहेको राज्य प्रणालीले क्षणभरमा करोडौँ मूल्य पर्ने सरकारी साधन गुमाउनु प¥यो । राज्य, सरकार, सत्ता वा सत्तासँग जोडिएको प्रतीक वा व्यक्ति जस्ता संस्थापन पक्षको एउटा
नेपालमा जलनको समस्या जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि विश्वमा एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलनमा पर्छन् । नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिड जलनका घटना हुने गरेको तथ्याङ्क छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्कमा सन् २०२३ मा मात्रै ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको उल्लेख छ । जलनको उपचार गर्ने अस्पतालको कमीका कारण घाइतेहरूले समयमा उपचार
अपराध मानव व्यवहारकै एक अंश हो । त्यसैले यसको अस्तित्व मानव अस्तित्वसँग गाँसिएको छ । शरीर सँगसँगै रोगको सम्भाव्यताको पनि प्रादुर्भाव भए जस्तै अपराध पनि सामाजिक रोगको रूपमा समाज सँगसँगै प्रादुर्भाव भएको पाइन्छ । प्राचीन समयमा रोगलाई ईश्वरबाट सञ्चालित इच्छा वा ईश्वर प्रदत्त दण्ड मानिन्थ्यो र उपचारको निमित्त कम उपाय प्रयोग गरिन्थ्यो । जुनसुकै रोगमा ती उपाय लगाइन्थे । आजको चिकित्सा विज्ञानले ती पुराना कुरालाई विश्वास गर्दैन । त्यस्ता कुरालाई
नेपालमा मोबाइल फोनको इतिहास लामो छैन । १९ सयको दशकमा अमेरिकामा मार्टिन कपुरले मोबाइलको आविष्कार गर्दा होस या त सन् १९८५ मा बेलायतमा पहिलो पटक मोबाइलमा कुराकानी गर्दा नेपालमा ट्रङ्क टेलिफोन सेवा भर्खरै प्रारम्भ भएको इतिहासले देखाउँछ । विसं १९७० को दशकमा दूरसञ्चारको सुरुवात हुँदा आजको जस्तो मोबाइल क्रान्तिको परिकल्पना गरिएको थिएन होला । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुगेको छ । नेपालमा
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरि फरार रहेका भीमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका –११ भकभका बस्ने ६५ वर्षीय पौडेल विगत १५ महिना देखी फरार रहनु भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते हुनु भएका एक जना युवकको ज्यान गएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।