आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् ।
ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते हुनुभएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित ५ गोताखोर तालिमको बिहीबार १९ जनाले सफलतापूर्वक सम्पन्न गरे पश्चात् सङ्ख्या थपिएको हो।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति कायम भएको बताउनुभएको छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। आधारभूत तहअन्तर्गत सामुदायिक विद्यालय, कक्षा ८ मा उत्कृष्ट नतिजा (जिपिए) ल्याउने विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ । जनगणनाको पूर्वतयारीदेखि सम्पन्न हुँदासम्मको सम्पूर्ण प्रक्रियाको अभिलेखीकरण, कामको विस्तृतीकरण, जनशक्ति आकलन, जनगणनाको लागत र व्यवस्थापन, सार्वजनिक खरिद, जोखिम व्यवस्थापन, जनसहभागितालगायतका विषयहरू समेटेर पुस्तक तयार पारिएको कार्यालयले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष मा माधव नेपाल सर्वसम्मत चयन हुनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताउनुभएको छ ।
सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबिच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति भएको हो ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तीमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।