नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ।
बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु गरिएको छ । किटजन्य रोगको सर्वाधिक जोखिममा रहेको बर्दिबासमा यसको सुरक्षा सतर्कता र सचेतनाका लागि अभियान सुरु गरिएको हो ।
यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।
दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् ।
संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ । मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ ।
सशस्त्र द्वन्द्वको समयमा खोटाङमा विद्रोही पक्षबाट अपहरणमा परेका श्रीमान २० वर्षदेखि बेपत्ता थिए।अपहरण पश्चात बेपत्ता श्रीमान र श्रीमतीको अहिले २० वर्षपछि भेट भएको छ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ ।
चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट अरू प्रदेशले पारित गरिसक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।
कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ ।
नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
विकासे काममा डोजर प्रयोग गर्दा जिल्लाका युवायुवतीको रोजगारी खोसिएको छ । स्थानीयको आयस्रोत नभएपछि जिल्लाका मजदुर गरिखाने कामदारको घरमा घरखर्च चलाउन समस्या भएको छ ।