तनहुँमा शुक्रबार दिउँसो डुबेर एक जनाको मृत्यु भएको छ।अर्का एक जना घाइते भएका छन्।
नेकपा (एमाले) को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गर्नुभएको छ । काठमाडौंमा जारी अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफू नेतृत्वमा रहेका पालिकाहरु सुशासन र सदाचारको नमूना बन्ने संकल्प गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब चितवनमा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभयो ।
पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ।
भारतको पानी टंयाकीमा रेल दुर्घटनामा हुँदा एक नेपाली युवकको मृत्यु भएको छ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तात्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध ६ करोडभन्दा बढी बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
मंकिपक्स भएको आशंकमा अस्पताल भर्ना भएका पुरुषमा कुष्ट रोग पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बालबालिकाहरुलाई लगाइन कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकोले निर्धक भएको खोप लगाउन जनस्वास्थ्य विज्ञको आग्रह छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले आउँदो ५० वर्षको मागलार्इ धान्नेगरि १० वटा मुख्य सहरमा विशेष कार्यक्रम ल्याउने तयारी भैरहेको बताउनुभएको छ । समृद्ध भरतपुर महानगरसम्बन्धी कार्यक्रममा शुक्रवार सम्बोधन गर्दै उहाँले नेपालका मुख्य सहरको मागलार्इ पूरा गर्नेगरी विधुतको कार्यक्रम ल्याउने बताउनुभयो ।
डोटीको दिपायल सिलगढी नगरपालिका– ७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन । शुक्रवार बिहान १० बजेतिर गाउँमा पसेको चितुवाको आक्रमणबाट स्थानीय ४५ बर्षीया पार्वती बि.क र पार्वती बि.ककी ३ बर्षीया छोरी लक्ष्मी बि.क घाइते भएका छन् ।
नेपाल ओलम्पियन सङ्घले ओलम्पिक डेका अवसरमा ओलम्पियनहरुलाई पुनर्मिलन गराउने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले अविरल वर्षका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ खेवाङमा गएको पहिरोमा परी घाइते भएकालाई उद्धार र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँचदिने रुस भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा जानुभएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्कनुभएको हो ।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।