• २३ असार २०८१, आइतबार

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, असार २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।