गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।
चलचित्र ‘तैँ चुप मैँ चुप’ निर्माण घोषणा गरिएको छ ।
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ ।
ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ट्राफिक प्रहरी मिररको बिहीबार विमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको विमोचन गर्नुभएको हो ।
बाँकेको कोहलपुर नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयले विक्रम संवत् २०८० सालको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सकेका छैनन् । कोहलपुर नगरपालिकामा संस्थागत र सामुदायिक गरेर ३८ वटा विद्यालय छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उहाँले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको छ ।
कोहलपुर नगरपालिका-१२ चप्परगौडी बाँकेकी किसान शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आउनुभएको छ ।
राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ ।
सरकारले एनजी ल्याएका सबै विद्यार्थीलाई माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेबाट छ हजार ३०३ विद्यार्थीले सहभागि हुन पाउने भएका छन् ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका ज्येष्ठ नागरिकहरू सङ्गठित भएका छन् । मुसीकोट नगरपालिका १ खलङगामा भएको ज्येष्ठ नागरिकहरूका लागि बनेका ऐन कानुन सम्बन्धीको अन्तरक्रिया पश्चात् नगरपालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन गरेर सङ्गठित भएका हुन् ।
गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।
मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै । मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो ।