न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँचबुदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरुसङ्ग सहमति भएपछि उहाँले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोड्नुभएको छ ।
गोकर्ण दयालबैतडी, असार २ गते। बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। धनगढीबाट इँटा बोकेर बैतडी आउँदै गरेको म १ क ३८८ नम्बरको टिपर दशरथचन्द राजमार्गको पाटन नगरपालिकका-६, कनेडा मोडमा बिहीबार दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब तीन सय मिटर तल खसेको छ। दुर्घटना परेर टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका-५ का सन्तोष डगौरा, बैतडीको पाटन नगरपालिका-३ का हिरा विश्वकर्मा, पाटन नगरपालिका-४, का हरिना ऐरी महरा र टिपरका सहचालक भीमदत्त नगरपालिका-४ का वीरेन्द्र चौधरी घाइते हुनुभएकाे छ। घाइते चारै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुलेको छैन।
पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा बेपत्ता भएका सात जनाको उद्धार भएको छ।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा अझै वहस जारी रहेकाले त्यसको निक्र्यौल चाँडो गर्नुपर्ने धारणा सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिद्वारा विहीबार यहाँ आयोजित ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो धारणा राख्नुभएको हो ।
गोरखापत्र र दि राइजिङ नेपालका पत्रकारका लागि दुई दिने क्षमता विकाससम्बन्धी प्रशिक्षण बिहीबारबाट सुरु भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाका बिरामी भर्ना भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट व्यवस्थित ढङ्गले कार्यान्वयन हुने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बताउनु भएको छ।
अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पार्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ जनाविरुद्व ३६ लाख ४९ हजार ८९९ रुपियाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबारे जनचेतना बढाउन जिल्ला तहमा अमिभुखीकरण कार्यक्रम गर्नुपर्ने लगायत १६ बुँदे सुझाव निर्वाचन आयोगलाई दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।
सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन्।
मस्को, असार २ गते। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीलाई आग्रह गर्नुभएको छ। रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहनुभएका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो। रुस भ्रमणको अन्तिम दिन बिहीबार एनआरएन र नेपाली दूतावासले आयोजना गरेको विशेष भेटभाट कार्यक्रममा बोल्नुहुँदै मन्त्री गहतराजले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गर्नुभएको हो। नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री गहतराजले आग्रह गर्नुभयो। विगतका असहजता र समस्यालाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उहाँले बताउनुभयो। विदेशमा आर्जन गरेको सीप र स्वीप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री गहतराजले नेपालमा लगानी भित्र्याउन रुसमा रहेका नेपालीलाई आग्रह गर्नुभएको हो। अवसर र सम्भावनाको हिसाबले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री गहतरालको विश्वास छ। कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीको उपस्थिति थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि मन्त्री गहतराज सोमबार रुस प्रस्थान गर्नुभएको हो। उहाँ शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।