• २२ असार २०८१, शनिबार

नेकपा एसको नेतृत्व चयन हुँदै

blog

काठमाडौँ, असार २० गते । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । 

अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ । सहमति जुटाउन अहिले काठमाडौँको एक होटेलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । असार १६ गतेदेखि पार्टीको महाधिवेशन जारी छ ।