नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ ।
गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्यमा इन्द्रप्रसाद बस्याल नियुक्त हुनुभएको छ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ।
नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौताको चरणमा पुगेको छ।
विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।
महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ ।
दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । घोराही उपमहानगरपालिका-१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।
सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले भ्रामक तथा आधारहीन समाचार प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानीको विषय पुनर्विचार गर्न सकिने बताउनुभयो ।
नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे ।
मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।
दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा बुधबार बिहान बेपत्ता हुनुभएको १९ वर्षीया सृजना चौधरी दिउँसो मृत फेला पर्नुभएको हो ।