ताप्लेजुङस्थित ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले उत्कृष्ट विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। रिड नेपालको आफ्नो क्षेत्र भित्रका विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्ममान गरेको हो।
जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।
कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ।
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठबन्धनमा गरेको सहमतिको स्वागत एवम् समर्थन गरेको छ ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताउनुभएको छ । बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताउनुभएको छ ।
यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् ।
अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिएको छ ।
भारतबाट अवैध रूपमा तस्करी गरेर राजस्व छली ल्याएका १० लाख भन्दा बढीको अवैध सामान बरामद भएको छ ।
संविधानको धारा ४० मा पहिलो पटक दलित हकको सुनिश्चित गरिएको छ । संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने व्यवस्था गरिएको छ ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवामा रहेको घाँसीकुवा पुनर्निर्माणको पर्खाइमा छ।
गोरखामा ११ वटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा शून्य आएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ ।