• २२ असार २०८१, शनिबार

अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ

blog

अविनाश चौधरी

धनगढी, असार १९ गते । कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ मनहेरास्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का वर्ष ४५ का पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का ३२ वर्षीय पुरुष रहेका छन् । 

यसैगरी, धनगढी उपमहानगरपालिका–१८ का १८ वर्षीया युवती र बाजुराका एक २१ वर्षीया महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभयो । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।