• २२ असार २०८१, शनिबार

धनगढी क्याम्पस रोड क्षेत्रमा डुबान

blog

सुकटी नालामा आएको बाढीले गरेको डुबान। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १९ गते। कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ। 

सुकुटी नालामा आएको बाढीले नाला आसपासको बस्तीमा डुबान गरेको हो। वडा नम्बर १ स्थित शिवनगर, वडा नम्बर ८ स्थित क्याम्पस रोड क्षेत्र, रामनगर, राधाकृष्ण मुक्त कमैया बस्ती लगायतका क्षेत्रमा घर डुबेको छ। 

अविरल वर्षाका कारण नालामा आएको बाढीले आसपासका घरलाई डुबान गरेको वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले जानकारी दिनुभयो। उहाँले घरमा बाढी पसेपछि स्थानीयवासीले सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेको जानकारी दिनुभयो। 

“नाला आसपासका धेरै घरहरू डुबानमा परेको छ”, वडा अध्यक्ष मुडभरीले भन्नुभयो,“तर, अब बाढी घट्ने क्रममा रहेकाले थप जोखिम छैन ।”

उता, बाढीको सबैभन्दा बढी जोखिम रहेको भजनी नगरपालिकामा कान्द्रा नदीमा बाढी बाढीले सतर्कताको तह पार गरेको छ। पहलमानपुर जलमापन केन्द्रमा बाढीले सतर्कताको तह पार गरेको हो। नदीको बाढीले भजनीको धेरैजसो स्थान जलमग्न भएको स्थानीय बाँधुराम डङ्गौराले जानकारी दिनुभयो।